होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १२ औं राष्ट्रपति रनिङ्ग सिल्डः मालिका नमुना माविको आपत्ति
समाचार

१२ औं राष्ट्रपति रनिङ्ग सिल्डः मालिका नमुना माविको आपत्ति

  • नागरिक रैबार
१२ औं राष्ट्रपति रनिङ्ग सिल्डः मालिका नमुना माविको आपत्ति

मदन विक/बाजुरा ७ बैशाख। जिल्लाको सदरमुकाम मार्तडीमा जारी १२ औ राष्ट्रपति रनिङ्ग सिल्ड तथा विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो दिनमा भएको विवादलाई लिएर मालिका मावि तथा बडीमालिका नगरपालिकाको नाम लक्षित गरिएको प्रति बडीमािलका नगरपालिकाका प्रशिक्षकहरुले आपत्ति जनाएका छन् ।

प्रतियोगिता संचालनका क्रममा विवादस्पद घटनाक्रमलाई जोडेर मालिका मावि तथा सिंगो बडीमालिकाको नामसंग जोडि अतिरन्जित पारिएका आरोपहरु प्रति बडीमालिकाका प्रशिक्षकले प्रेस विज्ञप्ति लिकालेर खेद प्रकट गरेको छ । प्रतियोगिताको दोस्रो दिन छात्र तर्फको कवड्डी खेलमा खेल सकिए लगत्तै बुढीगंगा नगरपालिकाका खेलाडीमाथि भएको घटनालाई विद्यालयले निन्दनीय मानेको छ ।

प्रतियोगिता संचालनका बेला घटेको घटनामा मालिका मावि तथा बडीमालिका नगरपालिकाको कुनैपनि संलग्नता नरहेको प्रेस विज्ञप्ति मार्फत स्पष्ट पारेको छ । मालिका माविको घरेलु मैदानमा जारी उक्त प्रतियोगितामा चार विधामध्ये ४८ खेल मध्ये १५ वटा खेल सम्पन्न भएकोमा मालिका माविले ९ स्वर्ण त्रिवेणी नगरपालिकाले २, बुढीगंगा नगरपालिकाले २ र खप्तड छेडेदह गाउँपालिकाले १ र जगन्नाथ गाउँपालिकाले १ स्वर्ण प्राप्त गरेको छ ।

विज्ञापन

तर बडीमालिका नगरपालिकास्थित मालिका माविले प्रतियोगितामा प्राप्त गरेको खेल नतिजा प्रति जिल्लाका अन्य स्थानीय तहबाट सहमागि भएका विद्यालयहरु त्रसित भएर प्रतियोगिता नै स्थगन गर्नु खेलाडीको प्रतिभालाई बन्देज गर्नु सरह भएको बडीमालिकाले ठानेको प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

प्रतियोगितामा भएका कुरालाई अतिरन्जित बनाएर सामाजिक संजाल तथा विभिन्न मिडियाहरुले तथ्य र प्रमाण विहिन समाचार सम्प्रेषण गरेको प्रति विद्यालयले सम्वन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।प्रतियोगिताको विषयलाई लिएर जिल्ला खेलकुद विकास समिति बाजुराका संयोजकलाई सम्वोधन गरि बुझाएको ज्ञापन पत्रको बुधा नम्बर ३ र ४ प्रति बडीमालिका नगरपालिकाको ध्यानाकर्षण भएको जनाएको छ ।

खेलमा भएको विषयलाई लिएर धम्कीपूर्ण विचारले ग्रसित कार्यमा सलग्न व्यक्ति प्रति नगरपालिकाले हदै सम्मको खेद समेत प्रकट गरेको छ । त्यस्तै यस विद्यालय तथा नगरपालिका भित्रका खेलाडी तथा प्रशिक्षकहरु प्रति कुनैपनि किसिमको घटना घटेमा सम्वन्धित पालिकाको खेलप्रशिक्षकको हस्ताक्षर गर्न व्यक्ति र संस्थाले जिम्मेवारी लिनु पर्ने विषय समेत बडीमालिका नगरपालिकाका खेलप्रशिक्षकहरुले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुहोस विज्ञप्ति

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार