होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • विचित्रको प्रविधि : मास्कबाट बनाइँदैछ एक किलोमिटर सडक !
विचित्र संसार

विचित्रको प्रविधि : मास्कबाट बनाइँदैछ एक किलोमिटर सडक !

  • नागरिक रैबार
विचित्रको प्रविधि : मास्कबाट बनाइँदैछ एक किलोमिटर सडक !

कोरोना भाइरस महामारीले केवल विश्वमा स्वास्थ्य संकट मात्र ल्याएको छैन, यसले पर्यावरणलाई समेत खतरामा पारेको छ । कोरोना भाइरसबाट जोगिनका लागि मास्क अहिले अनिवार्य अंगजस्तै बनेको छ । विश्वमा ठूलो परिमाणमा प्रयोग भइरहेको फेस मास्क साँच्चिकै पर्यावरणीय चिन्ताको विषय बन्न थालेको छ ।

प्रयोग भएर फ्याँकिएका मास्कको फोहोरबाट उत्पन्न वातावरणीय चुनौतिलाई कम गर्नका लागि वैज्ञानिकहरुले गज्जबको उपाय पत्ता लगाएका छन् । वैज्ञानिकहरुले प्रयोग भइसकेका फेस मास्कको उपयोग गरी एक किलोमिटर लामो दुई लेनको सडक तयार पारेका छन् ।

 

विज्ञापन

वैज्ञानिकका अनुसार दुई लाखको एक किलोमिटर सडक बनाउनका लागि प्रयोग हुने पुन:चक्रणीय फोहोरमध्ये ३० लाख गोटा मास्क प्रयोग हुन्छन् र यसबाट ९३ टन फोहोरलाई ल्याण्डफिलमा जानबाट रोक्न सकिन्छ ।

अस्ट्रेलियाको मेलबर्नस्थित आरएमआइटी विश्वविद्यालयका शोधकर्ताहरुले फेस मास्कको उपयोग गरी नयाँ सडक तयार गर्ने सामाग्री विकास गरेका छन् । उक्त सामाग्री सिभिल इन्जिनियरिङ्ग सुरक्षा मापदण्ड पूरा गर्नका लागि डिजाइन गरिएको हो । यसमा सडक बनाउनका लागि प्रयोग भैसकेका मास्क तथा भवन निर्माणमा प्रयोग हुने ढुंगामाटो प्रयोग गरिन्छ ।

सडक तथा फुटपाथ निर्माणमा प्रयोग गरिने ढुंगामाटोको मिश्रणमा फेस मास्क पनि प्रयोग गर्न सकिन्छ र यसले उक्त मिश्रणलाई मजबुती प्रदान गर्ने शोधकर्ताहरुको निष्कर्ष छ ।

अहिले विश्वमा दैनिक रुपमा ६ अर्ब ८० करोड गोटा डिस्पोजेबल मास्कको प्रयोग हुने गरेको छ । वैज्ञानिकहरुले मास्क मात्र नभइ प्रयोग भइसकेका पीपीईलाई समेत इन्जिनियरिङ्ग उपयोगमा ल्याउन सकिने विषयमा शोध गरिरहेका छन् ।

एजेन्सीहरुको सहयोगमा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार