शुक्रबार, फाल्गुन २१, २०७७
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री ओली नेपालको इतिहासमै कलंकको पात्र बनेः नेता शाह
राजनीति

प्रधानमन्त्री ओली नेपालको इतिहासमै कलंकको पात्र बनेः नेता शाह

  • नागरिक रैबार
प्रधानमन्त्री ओली नेपालको इतिहासमै कलंकको पात्र बनेः नेता शाह

नागरिक रैबार/बाजुरा ७ माघ। नेपाल कम्युनिष्ट पार्टी नेकपा (दाहाल–नेपाल)  समूहका केन्द्रिय सदस्य नेता प्रकाश शाहले केपी शर्मा ओली नेपालको ईतिहाँसमै कलकंको पात्र बनेको आरोप लगाएका छन् ।

बुधबार धनगढीमा बोलन्या थलीको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेता शाहले प्रधानमन्त्री ओलीलाई सो आरोप लगाएका हुन् ।
नेपाली जनताले धेरै ठुलो बलिदानीपूर्ण संघर्षबाट उपलव्धी गरेको संविधान र हजारौं सहिदहरुले प्राप्त गरेको लोकतान्त्रिक र गणतन्त्रात्मक व्यवस्था केपी ओलीकै कारण धरापमा परेको उनले टिप्पणी समेत गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका नेता शाहले छिमेकी राष्ट्र भारतको ईसरामा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको आरोप लगाए । उनले भने केपि ओलीले एमसिसीका अगाडि घुँडा टेकेर नेपालमा एमसिसी पास गर्ने योजना बनाएपछि हामीले रोक्न खोज्दा ओलीले संसद् नै विघटन गरेका हुन् ।

विज्ञापन

यस्तै नेता शाहले प्रधानमन्त्री ओलीको अत्याचार, निरकंसुता र संसद विघटनको असंबैधानिक कदमका विरुद्ध अहिले नेपाली जनता संघर्षका साथ सडकमा उत्रिन बाध्य भएको बताएका छन् ।

केही दिन अघि केपी ओली सुदूरपश्चिममा आएर नाटक मन्चन मात्रै गरेर फर्के तर सुदूपश्चिम प्रदेशको विकासका लागि कहिल्यै पनि हेरेनन्, विकासमा अरु प्रदेशभन्दा पछाडि नै राखे उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार