होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीमा रोकेको ट्रकमा अटो ठोक्किएर दुर्घटना, २ जना घाइते
समाचार

कैलालीमा रोकेको ट्रकमा अटो ठोक्किएर दुर्घटना, २ जना घाइते

  • नागरिक रैबार
कैलालीमा रोकेको ट्रकमा अटो ठोक्किएर दुर्घटना, २ जना घाइते

धनगढीः कैलालीमा रोकेको ट्रकमा अटो रिक्सा ठोक्किएर भएको दुर्घटनामा परेर २ जना घाइते भएका छन।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी ताल नजिकै सडकमा रोकेको से १ ख ९२३ नम्बरको  ट्रकमा सुदूरपश्चिम प्रदेश ०१००१ ह ३५९३ नम्बरको अटो ठोक्किदा चालकसहित २ जना घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले दुर्घटनामा परि अटो रिक्सा चालक घोडाघोडी नगरपालिका- ८ का गगन बोहरा र अटोमा सवार सोही ठाउँका लालबहादुर साउद रहेको बताए।

विज्ञापन

उनका अनुसार दुवै जनालाइ उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ भने ट्रक र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार