होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सर्वोच्च परिसरमा कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी
समाचार

सर्वोच्च परिसरमा कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी

  • नागरिक रैबार
सर्वोच्च परिसरमा कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी

काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानून व्यवसयी र प्रहरीबीच घम्साघम्सी भएको छ । प्रहरीले धर्नास्थलमा कानून व्यवसयीहरूलाई प्रवेशमा रोक्न खोज्दा दुई पक्षबीच घम्साघम्सी भएको हो ।

नियमित रुपमा कानून व्यवसायीहरू धर्ना बसिरहेको सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीले घेरा हालेको छ । अहिले कानून व्यवसायी सोही ठाउँमा जान खोजिरहेका छन् भने प्रहरीले रोकिरहेको छ ।

आन्दोलित कानून व्यवसायीहरूले आफूहरू शान्तिपूर्ण धर्ना दिने बताए पनि सुरक्षाकर्मीले उनीहरूलाई रोकेको छ । कानून व्यवसायीले वरिष्ठ अधिवक्तालाई अगाडि लगाएर धर्नास्थल प्रवेश गर्न खोजेका छन् तर प्रहरीले उनीहरूलाई अघि बढ्न दिएको छैन ।

विज्ञापन

आफूहरूले हुलहुज्जत नगर्ने भएकोले धर्नास्थल प्रवेश गर्न दिन कानून व्यवसायीले प्रहरीसँग आग्रह गरेका छन् ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका छन् ।

समस्या समाधानका लागि जबराले संवादमा आउन आग्रह गरे पनि नेपाल बारले उनले राजीनामा दिनुपर्ने सर्त राखेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार