होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • अन्तर्वार्ता
  • बाध्य भएर नयाँ पार्टी गठन गरेका हौं : राजेन्द्र पाण्डे
अन्तर्वार्ता

बाध्य भएर नयाँ पार्टी गठन गरेका हौं : राजेन्द्र पाण्डे

  • नागरिक रैबार
बाध्य भएर नयाँ पार्टी गठन गरेका हौं : राजेन्द्र पाण्डे

काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेता विभाजित भएपछि दुवै पक्षले एकअर्कालाई आरोप लगाइरहेका छन् । माधव नेपाल पक्षले ओलीको कार्यशैलीले गर्दा बाध्य भएर नयाँ पार्टी खोल्नु परेको बताउँदै आएको छ । यसै सन्दर्भमा नेपाल पक्षका नेता राजेन्द्र पाण्डेसँग गरिएको कुुराकानी

पार्टी विभाजनको कठोर निर्णय लिनुभएको छ, कति स्वाभाविक लागेको छ ?

यो पार्टी निर्माण गर्ने बेला तत्कालीन झापा आन्दोलनसँग सम्बन्धित पार्टीको ५० जना सदस्यमध्ये म पनि हुँ । ४६ वर्ष लामो राजनीतिक यात्रा टुट्दा स्वाभाविक हुने कुरा भएन तर यो बाध्यता हो । केपी ओलीले कम्युनिस्ट पार्टीको झन्डा बोकेर संविधान, संघीयता, संसद् सबै खाने काम गर्नुभयो, त्यसको रक्षाका लागि विद्रोह गरेका हौं । जतिसुकै अप्रिय भए पनि, विष नै पिउन परे पनि बाध्य भएर यो विद्रोह गरेका हौं ।

विज्ञापन

अर्को पक्षका नेताहरूले आजको दिनलाई कालो दिन भनेका छन् नि ?

कालो दिन हुन्छ या गोरो दिन, भोलि देखिनेछ । कामबाट नै देखाउँला । हामी सर्वहारा, श्रमजीवी मान्छेको पक्षमा हुन्छौं । राष्ट्रिय स्वाधीनताको पक्षमा हुन्छौं । कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने कामको अगुवाइ गर्ने ठाउँमा हुन्छौं । यिनै कामबाट श्रेष्ठता आर्जन गर्छौं ।

तपाईंहरूकै समूहका धेरै नेताले साथ दिएनन्, यसको भरपाई कसरी गर्नुहुन्छ ?

२०१७ सालमा धेरै नेता राजाकै कदममा हामफालेका थिए तर थोरैले सही विचार उठाए । त्यसकारण हामी पनि छौं । अहिले स्थायी कमिटीमा रहनुभएका नेताहरू नवौं महाधिवेशनमा पदाधिकारी चुनिनुभएको हो । त्योभन्दा अगाडि हामी निरन्तर पोलिटब्युरोमा बसेर आएका मान्छे छौं । हामी हाँक्छौं यो आन्दोलनलाई ।

उहाँहरूले माधव नेपालले एमाले विभाजन गरिछाड्ने अठोट लिनुभएको रहेछ, त्यसकारण साथ दिन सकेनौं भन्नुभएको छ नि ?

एकतावाला साथीहरूलाई सोध्न चाहन्छु, पुस ५ र जेठ ८ मा केपी ओलीले गरेको संसद् विघटन सही थियो वा गलत ? गलत थियो भनेर उनीहरू देशभर भाषण गर्दै हिँडेका थिए । अहिले त्यो कुरा सच्चिएको हो ?

देउवा र दाहालले तपाईंहरूलाई प्रयोग गरेका त होइनन् ?

त्यो गलत हो । त्यसो भए संसद् विघटन गर्न केपी ओलीलाई कसले प्रयोग गरेको हो ? संसद् विघटन गरेको विरोध गर्दै हिँड्ने साथीहरूले अहिले केपी ओली ठीक छन् भनेर बस्ने हुन् भने उनीहरूलाई कसले प्रयोग गरेको ? हामीलाई कसैले प्रयोग गरेको हैन । स्वविवेकले निर्णय गरेका हौं । संविधान, लोकतन्त्र, संघीयतालाई बचाउन हामीले कठोर कदम उठाएका हौं ।

निर्वाचन आयोगमा तपाईंहरूले बुझाउनुभएको केन्द्रीय सदस्यको सूचीबाट धेरै सदस्यले नसोधी राखियो भनेका छन् नि ?

एक/दुई सदस्यले कुरा फेर्नुभएको होला ।

नयाँ पार्टीका चुनौती के देख्नुहुन्छ ?

चुनौती प्रशस्त छन् । यसअघि बनाइएका समानान्तर कमिटीहरूलाई संगठित गर्दै हामी पार्टीलाई माथि उठाउँछौं ।

सरकारमा कहिले जानुहुन्छ ?

पार्टी दर्ता भएपछि जान्छौं । संघ र सातै प्रदेशको सरकारमा हुन्छौं ।

इकान्तिपुरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार