होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीलाई गणतन्त्र मन परेन, अर्कै बाटो हिँड्न खोजेः वर्षमान
समाचार

ओलीलाई गणतन्त्र मन परेन, अर्कै बाटो हिँड्न खोजेः वर्षमान

  • नागरिक रैबार
ओलीलाई गणतन्त्र मन परेन, अर्कै बाटो हिँड्न खोजेः वर्षमान

नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीलाई गणतन्त्र मन नपरेका कारण अर्कै बाटो हिँड्न खोजेको बताएका छन् ।
२०६२÷०६३ को जनआन्दोलन उत्कर्षमा पुग्दै गर्दा ओलीले नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना सम्भव नभएको अभिव्यक्ति दिएको स्मरण गरे । पुनले तत्कालीन एमालेले गणतन्त्रको लाइन पारित गर्दा ओलीले ‘नोट अफ डिसेन्ट’ नै लेखेको उल्लेख गरे । ‘उहाँले नेपालमा गणतन्त्र आउनु बयलगाडा चढेर अमेरिका गएजस्तै कठिन हुने बताउनुभएको थियो’, नेकपा प्रचण्ड–नेपाल पक्षका कायर्यकर्ता भेलालाई प्ठूठानमा सम्बोधन गर्दै पुनले भने, ‘हामीले उहाँको विचारमा परिवर्तन आयो होला भन्ने विश्वास ग¥यौं, तर उहाँ बयलगाडाकै मनोविज्ञानमा हुनुहुँदोरहेछ ।’ गणतन्त्रविरोधी भएर पनि त्यसका सबै प्रतिफल लिएको र नेता नै मै हुँ भन्ने घमण्ड र अहंकारका कारण ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको आरोप पुनले लगाए ।

ओलीलाई दक्षिणपन्थको आरोप लगाउँदै पुनले दक्षिणपन्थहरु क्रान्तिकारी आन्दोलन हाबी हुँदा पछि लाग्ने र अलिकति मात्र कमजोर हुँदा टाउको उठाउने गरेको इतिहास संसारभर रहेको चर्चा गरे ।
झापा आन्दोलनको क्रान्तिकारी विरासतमा शान्तिपूर्ण राजनीतिक प्रतिस्र्धाबाट लोकप्रिय बन्न सफल तत्कालीन एमाले र जनयुद्धमार्फत उदाएको माओवादी दुवै पार्टीले आ–आफ्ना महाधिवेशनबाट पुँजीवादी क्रान्ति सकिएको निस्कर्षसहित समाजवादतर्फ जाने समान लक्ष्य लिएपछि एकता सम्भव भएको भन्दै पुनले ओलीका कारण एकता भाँडिएको टिप्पणी गरे ।

ओलीसँग सानो झुण्ड बाहिरिए पनि जबजको मार्गनिर्देशनमा एमालेलाई जनताबीच लोकप्रिय बनाउने, पार्र्टीलाई विधिm, प्रक्रिया, पद्धति र विचारका आधारमा अघि बढाउनुपर्छ भन्ने सोचका माधव नेपाल, झलनाथ खनाललगायत ठूलो पंक्ति र पूर्वमाओवादी एक ढिक्का भएको पुनको दाबी छ ।

विज्ञापन

‘केपी ओलीको निरंकुश शैली, व्यक्तिवाद र सन्काहा प्रवृत्तिका कारण एकता जोगाउन नसकिएकामा अप्ठेरो र लज्जित महसुस भएको छ’, पुनले भने, ‘ तर, एमाले निर्माण गर्ने, विचार, विधि, पद्धतिमा आधारित पार्टी निर्माण गर्ने माधवकुमार नेपाल हो, झलनाथ खनाल हो, त्यो प्रवृत्ति हामीसँगै छौं ।’

ओलीले एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने, मुलुकलाई समाजवादको दिशामा लैजाने, मुलुकको विकास गर्ने भन्दा पनि आफूर्लाइ सत्तामा उक्लले भ¥याङका रुपमा पार्टी एकता गरेको पुष्टि अहिले आएर भएको टिप्पणी पुनले गरे ।

मन्त्रिपरिषद्मा ओलीसँग तीन वर्ष सँगै काम गर्दा उनमा फाँसिवादी चरित्र देखेको टिप्पणी पुनले गरे । ओलीमा आलोचना गर्नेलाई सत्रु र समर्थन गर्नेलाई दास ठान्ने प्रवृत्ति हाबी रहेको पुनको आरोप छ । ‘ओलीमा फाँसीवादी चरित्र छ । फासिष्टको कोही मित्र हुँदैन, कमरेड हुँदैन । फाँसीवादीसँग दास, पिछलग्गु मात्र हुन्छन् । जे पनि पनि हवस महाराज भन्ने प्रवृत्तिका मान्छेहरु हुन्छन् । आलोचना गरे सत्रु मात्र हुन्छ । समर्थन गर्दा दास मात्र हुन्छ ।’
सोही प्रवृत्तिका कारण ओलीले तत्कालीन एमालेको नवौं महाधिवेशनबाट निर्वाचित महासचिव योगेश भट्टराईलाई ‘केटो’ को संज्ञा दिएको पुनले उल्लेख गरे । ‘नवौं महाधिवेशनबाट सचिव चुनिएको योगेश भट्टराईलाई एउटा केटो प्वाक्क लात्तीले हानेर हिंड्यो भन्ने यो कस्तो चरित्र हो ? आफूलाई मान्दासम्म ‘असल केटो’ हुने । हिंडेपछि लात्तीले हानेको जस्तो एक्टिङ नै गरेर लात्ती उठाएको भिडियो देखियो’, पुनले भने, ‘ देख्दा पनि लाजै लाग्छ । आफूसँग असहमत हुनेलाई अपमान गर्ने उहाँको संस्कार नै रहेछ ।’ यस्तै आफ्ना अध्यक्षद्वय प्रचण्ड–नेपालमाथि ‘दुईटा खिया लागेको नटबोल्ट’ र ‘भेट्नु कुहिएको फल’ को संज्ञा दिएकामा पनि पुनले आपत्ति जनाए ।

कम्युनिष्ट नेतृत्वमा अनुकुल वा प्रतिकूल दुवै अवस्थामा वर्ग, देशप्रतिको दृष्टिकोण र क्रान्तिप्रतिको निष्ठा निरन्तर हुनुपर्नेमा ओलीमा त्यो नरहेको टिप्पणी उनको छ ।
पुनले ओलीको नेतृत्वमा सानो गुट विचलित भएर बाहिरिए पनि विचार, विधि, पद्धतिमा चल्ने माधव नेपालको मूल प्रवृत्ति र जनयुद्ध जनआन्दोलनको नेतृत्व गरेका प्रचण्ड रहेको पार्टी नै मुल धारा प्रवाह भएको दाबी पुनले गरे ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक इजलासमा पटकपटक बहुमत प्राप्त दलको नेताले सरकार चलाउन सकेन र जनतामा जान्छु, चुनावमा जान्छु भन्दा पाउने कि नपाउने ? भन्ने प्रश्न गरेको प्रसंग उनले कोट्याए । पुनले बहुमत प्राप्त दलको नेताले चाहँदैमा संसद विघटन हुने व्यवस्था संविधानमा नरहेको हेक्का राख्न सुझाव दिए । ओलीविरुद्ध आफ्नै पार्टीका बहुमत सदस्यले दर्ता गरेको अविश्वास प्रस्ताव संसदमा विचाराधीन रहेको भन्दै उनले आफ्नो दलमा र पार्टीमा समेत विश्वास कायम गर्न नसक्ने नेतालाई जनमत भंग गर्ने अधिकार नरहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार