होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • संसारकै विरही गीत, जसलाई ६२ वर्ष प्रतिबन्ध लगाइयो
विचित्र संसार

संसारकै विरही गीत, जसलाई ६२ वर्ष प्रतिबन्ध लगाइयो

  • नागरिक रैबार
संसारकै विरही गीत, जसलाई ६२ वर्ष प्रतिबन्ध लगाइयो

मानिस प्रेममा हुँदा रोमान्टिक गीत मन पराउँछ । मन दुख्दा दुःख र विरहका गीत सुन्न मन पराउँदछ ।

कतिपय यस्ता गीतहरू हुन्छन् जसलाई पटक-पटक सुन्न मन लाग्दछ । यस्ता केही गीत-संगीत हुन्छन् जुन सुनिसकेपछि मानिसहरू अकारण नै दुःखी हुन्छन्, छटपटाउँछन् ।

त्यस्तै एउटा गीत थियो, जुन सुनेर धेरै मानिसहरूले आत्महत्या गरे । उक्त गीतलाई मानिसहरू संसारकै सबैभन्दा विरही तथा विषादपूर्ण गीत अर्थात The Hungarian Suicide Song पनि भनिन्छ ।

विज्ञापन

यो गीत यति खतरनाक थियो कि धेरै मानिसहरूले आत्महत्या गर्न थालेपछि गीतमाथि प्रतिबन्ध नै लगाउनु परेको थियो, र त्यस्तो प्रतिबन्ध ६२ वर्षसम्म कायम रह्यो ।

उक्त गीतको बोल ग्लूमी सन्डे (Gloomy Sunday) हो । हंगेरीका संगीतकार रेजसो सेरेसले तयार गरेका थिए । सन् १९३३ मा उनले ग्लूमी सन्डे वा स्याड सन्डेको नामबाट उक्त गीततयार पारेका थिए । उनले उक्त गीतलाई प्रेमसँग जोडेर तयार गरेका थिए । तर गीतले यतिधेरै पीडा थपिदियो कि यो गीत सुनिसकेपछि मानिसहरू आफैं रुने गर्दथे ।

गीतमा यतिधेरै पीडा थियो कि गीत सुनेर केही मानिसहरूले आत्महत्या गरे । ग्लूमी सन्डे गीत सुनेर सबैभन्दा पहिले आत्महत्या गरेको घटना बर्लिनमा सार्वजनिक भयो । त्यहाँ एक युवकलाई गीत सुनिसकेपछि यतिधेरै पीडा परेछ कि उनले आफैंलाई गोली हानेर हत्या गरे । त्यस्तै न्युयोर्कमा एक वृद्धले गीत सुनेर ७औँ तलाबाट हाम फालेर आत्महत्या गरे भने हंगेरीमा एक १७ वर्षीया किशोरीले नदीमा हाम फालेर आत्महत्या गरिन् ।

गीतका कारण आत्महत्याका घटनामा वृद्धि भएसँगै उक्त गीतलाई ६२ वर्षका लागि प्रतिबन्धित गरियो । उक्त गीत सुनेर कसैले आत्महत्या नगरुन् भन्नका लागि गीतलाई पुनः कम्पोज गरिएको थियो । तर त्यसपछि पनि आत्महत्याको क्रम रोकिएन । अन्ततः सन् १९४१ मा गीतलाई प्रतिबन्धित गरिएको थियो ।

यद्यपि सन् २००३ मा यो गीतमाथिको प्रतिबन्ध हटाइएको थियो । यो गीत अहिले युट्युबमा पनि उपलब्ध छ ।

तर आजका मानिसहरू आखिर यो गीतमा के त्यस्तो चिज छ जसका कारण इतिहासमा मानिसहरुले भटाभट आत्महत्या गरेका थिए भन्ने कुरा बुझ्न सकेका छैनन् ।

यो विरही गीतका रचनाकार रेजसो सेरेजले पनि वास्तवमा प्रेमसम्बन्ध टुटेपछि यो गीत लेखेका थिए । उनकी एक प्रेमिका थिइन् जसलाई एनी निकै प्रेम गर्दथे । अर्कोतर्फ उनले आफ्नो पहिचान स्थापित गर्नका लागि संघर्ष गरिरहेका थिए तर सफलता मिलिरहेको थिएन । उनी राम्रो पियानोबादक थिए र त्यहीँ क्षेत्रमा करिअर बनाउन चाहन्थे तथापि सफलता मिलिरहेको थिएन । त्यहीँ सयमा उनकी प्रेमिकाले उनलाई धोका दिइन् । प्रेममा पाएको धोकाले सेरेस विक्षिप्त बने र प्रेमिकाको यादमा एक गीत तयार पारे ।

उक्त गीत विस्तारै यतिधेरै लोकपि्रय बन्यो कि प्रेममा धोका खाएकाहरुको मनपर्ने गीत बन्यो । साथै उक्त गीत सुनेर आत्महत्या गर्ने सिलसिला पनि सुरु भयो ।

एजेन्सीकेा सहयोगमा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार