होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सडकमा सहयोद्धा : ९ गते प्रचण्डको शक्ति प्रदर्शन, १० गते विप्लवको नेपाल बन्द
समाचार

सडकमा सहयोद्धा : ९ गते प्रचण्डको शक्ति प्रदर्शन, १० गते विप्लवको नेपाल बन्द

  • नागरिक रैबार
सडकमा सहयोद्धा : ९ गते प्रचण्डको शक्ति प्रदर्शन, १० गते विप्लवको नेपाल बन्द

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले यही माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय सङ्घर्ष समितिको बैठकले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जुलुससहित अपराह्न १२ बजे रत्नपार्कमा एकीकृत प्रदर्शन गर्ने निर्णय गरेको समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए।

जनअधिकारको रक्षाका लागि प्रदर्शन गर्न लागिएको जानकारी दिँदै उनले प्रतिनिधिसभाको विघटनविरुद्ध परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई पुनः आग्रह गरे। सहसंयोजक भट्टराईका अनुसार जनअधिकराको रक्षाका लागि ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घसंस्था तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आग्रह गरिएको छ।

जनप्रदर्शनलाई ध्यानमा राखेर यही माघ ७ गते अपराह्न काठमाडौँको भृकुटीमण्डपमा जम्मा भएर उपत्यकाव्यापी मोटरसाइकल र्‍याली आयोजना गर्ने कार्यक्रम तय गरिएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालले जारी आन्दोलन लोकतन्त्र, जनअधिकार र संविधानको रक्षाका लागि भएकाले कुनै राजनीतिक दलको मात्र नभएर सिङ्गो मुलुकको लोकतन्त्रवादी शक्तिको संयुक्त जनआन्दोलन भएकाले अत्यन्तै उत्साह र सशक्त ढङ्गले तयारीमा जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिएको उनले बताए।

विज्ञापन

139354248 1111075589305305 1760382942773202379 n

 

प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तेस्रो वरियताका नेता धर्मेन्द्र बास्तोला ‘कन्चन’ पक्राउ परेका छन्। प्रहरीको विषेश ब्युरोको टोलीले बास्तोलालाई बुधबार ललितपुरबाट पक्राउ गरेको हो।

यसैबीच आफ्ना नेता पक्राउको विरोधमा विप्लव समूहले संघर्षका कार्यक्रम घोषणा गरेको छ। माघ ३, ५,७ र ९ गते देशभर विरोध जुलुस गर्ने र माघ १० गते नेपाल बन्द गर्ने विप्लव समूहद्धारा जारी विज्ञप्तीमा उल्लेख छ। कन्चन केन्द्रीय समिती सचिवालय सदस्य हुन्। उनीसँगै ब्युरो सदस्य विवेक र विशाल पनि पक्राउ परेको पार्टी महासचिव विप्लवले उल्लेख गरेका छन्। बास्तोलासहित ब्युरो सदस्य विवेक र विशाल पनि पक्राउ परेको पार्टी महासचिव विप्लवले उल्लेख गरेका छन्।

138678333 407932787151835 7516752209161007146 n

कान्तिपथ बाट साभार

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार