होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आगलागीबाट चार घर जले, २० लाख रुपैयाँभन्दा बढीको क्षति
समाचार

आगलागीबाट चार घर जले, २० लाख रुपैयाँभन्दा बढीको क्षति

  • नागरिक रैबार
आगलागीबाट चार घर जले, २० लाख रुपैयाँभन्दा बढीको क्षति

सप्तरी – सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका सकरदही टोलमा आगलागी हुँदा चार घर जलेका छन् ।

कङ्कालिनी–२ सकरदहीका जगन सुतिहारको गाई/गोठबाट सुरु भएको आगोले नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिनुभयो ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगदसहित २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको पनि उहाँले बताउनुभयो ।

विज्ञापन

आगो स्थानीयबासीन्दा, वारुणयन्त्र तथा सुरक्षाकर्मीको टोलीले निभाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार