होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • तराई–मधेसमा बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर
समाचार

तराई–मधेसमा बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

  • नागरिक रैबार
तराई–मधेसमा बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

काठमाण्डाै – बाक्लो हुस्सु र कुहिरोका कारण चिसो बढ्दा तराई–मधेसको जनजीवन प्रभावित भएको छ । एक हप्तादेखि नै बाक्लो हुस्सु र कुहिरो लागेपछि चिसो निकै बढेको र जनजीवन प्रभावित भएको हो ।

पश्चिम तराईका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिममा बिहानै देखि बाक्लो कुहिरो लागेको छ । यस्तै मध्य तराईको चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा पनि बाक्लो कुहिरो लागेको छ । यी जिल्लाहरुमा बेलुकीपख सम्म नै कुहिरो लाग्ने मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।

पूर्वी तराईका सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापामा लागेको कुहिरो भने दिउँसोबाट हटेर जाने मौसमविद् निराजन सापकोटाले बताउनुभयो । हुस्सु र कुहिरोले चिसो बढाएको कारण रौतहटको गरुडा नगरपालिकाले सूचना निकालेर आजदेखि मंगलबारसम्मका लागि सबै विद्यालयमा बिदा दिएको छ । चिसोका कारण मानिसहरु घरबाट कम मात्रामा बाहिर निस्केका छन् ।

विज्ञापन

बजारमा पनि चहलपहल घटेको छ । चिसो बढेसँगै मानिसहरु जाडोबाट बच्न आगो तापेर घरमै बस्न बाध्य भएका छन् । चिसोका कारण खासगरि दैनिक ज्यालादारी तथा घर बाहिर खुल्ला ठाउँमा काम गरेर जिविकोपार्जन गर्दै आएका मजदुर तथा सर्वसाधाराणलाई बढी समस्या भएको छ । घर बाहिर रिक्सा ठेला तथा निर्माणका काममा खटने मजदुरहरु बढी प्रभावित भएका छन् । चिसोले गर्दा स–साना बालबालिका र वृद्धाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तो मौसममा उनीहरुको ख्याल गर्नुपर्ने डाक्टरहरुको सुझाव छ । सकेसम्म घरवाहिर ननिस्कन, निस्कनै परेमा न्यानो कपडा लगाएर निस्कन तथा तातो झोलिलो तथा पोषणयुक्त खाना खान डाक्टरहरुले सुझाव दिएका छन् । भोलि बेलुकीबाट भने तराईको मौसम सफा हुन सक्ने मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार