होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • चीनमा धेरै पुरुषले पाएनन् बिहे गर्ने केटी, बहुपति प्रथामा जान सुझाव
विचित्र संसार

चीनमा धेरै पुरुषले पाएनन् बिहे गर्ने केटी, बहुपति प्रथामा जान सुझाव

  • नागरिक रैबार
चीनमा धेरै पुरुषले पाएनन् बिहे गर्ने केटी, बहुपति प्रथामा जान सुझाव

हिन्दु धर्मशास्त्रका अनुसार द्रौपदीको विवाह पाँच पाण्डवसँग भएको थियो । नेपालको उत्तरी जिल्ला हुम्लामा बस्ने केही जातिहरुमा अहिले पनि यस्तो बहुपति प्रथा कायमै छ ।

एकजना महिलाले एकसाथ धेरै जना पुरुषसँग बिहे गर्ने र सबैसँग पालैपालो दिन बिताउने भन्ने कुरा आधुनिक समाजमा निकै असभ्य तथा अपत्यारिलो लाग्न सक्दछ । तर परम्पराको नाममा यस्तो प्रथा हाम्रै समाजमा चलिरहेको छ । उता चीनमा समेत एकजना अर्थशास्त्रीले पुरुषहरुको बिहे नहुने समस्या समाधानका लागि बहुपति प्रथा अबलम्बन गर्नुपर्ने सुझाव दिएका छन् ।

वास्तवमा सन् १९८० मा एक सन्तान नीति अबलम्बन गरेसँगै चीन आर्थिक रुपमा विकाशको फड्को त मार्‍यो तर लिंग अनुपातमा यसको ठूलो असर परेको छ । चीनमा रुढीवादी सोचयुक्त मानिसहरुले एउटा मात्र सन्तान जन्माउन पाइने भएसँगै छोरा मात्र जन्माउन थाले । जसका कारण त्यहाँ छोरीहरुको संख्या निकै कम भयो । त्यसैले चीनमा अहिले विवाह योग्य उमेरका धेरै युवकहरुलाई बिहे गर्नका लागि बेहुली पाउन मुस्किल परिरहेको छ ।

विज्ञापन

उक्त समस्या समाधानका लागि कांग एनजी नामक चिनियाँ अर्थशास्त्रीले निकै अनौठो उपाय सुझाएका छन् ।

उनले तिब्बतमा सदियौँदेखि चलिआएको बहुपति प्रथालाई चीनभर अबलम्बन गर्नुपर्ने सुझाव दिएका छन् ।

उनका अनुसार अहिले चीनमा लिंगानुपात निकै धेरै छ, जसका कारण कैयन् युवकहरुको बिहे हुन पाएको छैन । अवस्था यस्तो कछ कि कतिपय छिमेकी देशबाट बिहेकै लागि भनेर महिलाहरुको तस्करी चीनमा हुने गरेका घटना पनि सार्वजनिक हुने गरेका छन् ।

यदि चीनमा पुरुषहरुले बिहेका लागि महिला नपाउने र अविवाहित नै रहनुपर्ने समस्याको समाधान भएन भने त्यसले सन्तान उत्पादन कम हुनेछ र अन्ततः चीनको अर्थव्यवस्थामा त्यसको प्रभाव पर्नेछ । यद्यपि चीनले एक सन्तान नीति खारेज गर्दै अहिले तीन सन्तान नीति अख्तियार गरिसकेको छ । तर विवाहयोग्य उमेरका छोरीहरुको संख्या निकै कम हुनाले पुरुषहरु अविवाहित नै रहनुपर्दा कहाँबाट तीन सन्तान जन्मिनु ?

प्राध्यापक यी कांग एनजीले चीनको यो समस्याको समाधानका लागि सिफारिस गरेको बहुपति प्रथा निकै अनौठो प्रथा हो । उक्त परम्परा अनुसार एकजना स्त्रीको विवाह परिवारका दुई वा त्यसभन्दा बढी दाजुभाइसँग गराइन्छ । यद्यपि विवाह समारोहमा भने जेठो दाइले मात्र सबै प्रक्रिया पूरा गर्दछ । बिहेपश्चात् चाहिँ बेहुली सबै भाइहरुकी साझा बन्दछिन् सबैसँग लोग्नेस्वास्नीको सम्बन्ध कायम गर्नुपर्दछ । त्यसरी जन्मिएका बच्चाहरु पनि सबैका साझा बन्दछन्, किनकि वास्तविक जैविक पिता को हो ? भन्ने पत्ता लगाउन पनि कठिन हुन्छ ।

अर्थशास्त्री प्राध्यापकको यस्तो सुझावले चीनमा एक प्रकारको चर्चा र विवादको सिर्जना गरेको छ अहिले । यदि केटा र केटी दुवै पक्ष यसमा सहमत हुनेहो भने यो प्रथालाई अपनाउन सकिने उनको तर्क छ । विवाह नहुनु, निसन्तान हुनु तथा खराब अर्थतन्त्र भएको देशको नागरिक हुनुभन्दा यो उत्तम उपाय भएको उनको मत छ ।

एजेन्सीको सहायेगमा

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार