होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जोक्करै रहेछ, हसाएरै खत्तम पार्‍यो भन्छन् : प्रधानमन्त्री ओली
समाचार

जोक्करै रहेछ, हसाएरै खत्तम पार्‍यो भन्छन् : प्रधानमन्त्री ओली

  • नागरिक रैबार
जोक्करै रहेछ, हसाएरै खत्तम पार्‍यो भन्छन् : प्रधानमन्त्री  ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जनतालाई हसाउन खोज्दा पीर नगर्न आग्रह गरेका छन् । प्रचण्ड–नेपाल पक्षले जनता रुवाउने भन्दै उनले आफूले हसाउँन खोज्दा उनीहरुले नै पीर मानेको बताए ।

‘मारेर पनि रुवाएको छ । कुटेर पनि रुवाएको छ । अनि मैले हँसाए भनेर पीर परेको छ । जोक्करै रहेछ । हसारै खत्तम पार्‍यो भन्छन् । नेपाली जनता हाँसेकोमा किन पीर परेको होला अचम्म लाग्छ,’ उनले भने ।

उनले अब पनि नेपाली जनतालाई रुवाउन नदिने बताए ।

विज्ञापन

‘किशोकिशोरी, युवायुवती, हाम्रा बाआमामा अनुहारमा मुस्कान ल्याउन चाहन्छु । मजदुर किसानका अनुहारमा मुस्कान ल्याउन चाहुन्छु । त्यसलै हामीले थुप्रै काम गरिरहेका छौँ । बालबालिका चेहेरामा मुस्कान हुनुपर्छ । सरकारकारले अभिभावकको काम गर्नु पर्छ मैले भनेको छु,’ उनले भने ।

यस्तै उनले आगामी निर्वाचनबाट नै जनताले सही र गलतको फैसला गर्ने बताएका छन्। निर्वाचन नचाहनेहरू डराइरहेको उनको भनाइ छ।

‘अहिले निर्वाचनमा जाँदा देश संकटमा पर्‍यो भनिरहेका छन्,’ उनले भने, ‘यिनीहरूको योजना त सत्ता कब्जा गर्ने सोच रहेछ, अदालतले स्वतन्त्ररूपले फैसला गर्न पाउनुपर्छ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै