होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • शिक्षक सेवा आयोगले शिक्षक पदमा चरणवद्ध रुपमा विज्ञापन गर्ने
समाचार

शिक्षक सेवा आयोगले शिक्षक पदमा चरणवद्ध रुपमा विज्ञापन गर्ने

  • नागरिक रैबार
शिक्षक सेवा आयोगले शिक्षक पदमा चरणवद्ध रुपमा विज्ञापन गर्ने

काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्‍न तहको शिक्षक पदमा चरणवद्ध रुपमा विज्ञापन गर्ने भएको छ ।सबै तहको एकैचोटी खोल्दा प्राविधिक समस्या आउन सक्ने भएकोले चरणवद्ध विज्ञापन खोल्ने तयारी गरिरहेको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले बताए ।

उनले भने ‘हामी अनलाईन गर्ने भनेका छौं । सबै एकैचोटी गर्दा सिस्टममा समस्या आउन सक्ने भएकाले चरणबद्घ विज्ञापन गर्ने योजना बनाएका हौं ।’

उनका अनुसार शिक्षक सेवा आयोगले बुधबार (भोलि) माध्यमिक तहको खुलातर्फको विज्ञापन गर्ने भएको छ । प्राविधिक समस्या नआए बुधबार खुला तर्फको मावि तहमा विज्ञापन गर्ने आयोगले जनाएको छ ।

विज्ञापन

आयोगले मंसिरभित्र विज्ञापन गर्ने कार्यतालिका बनाएको र सोही कार्यतालिका अनुसार नै जाने प्रयास भइरहेको आयोगले जनाएको छ । अध्यक्ष रेग्मीले भने ‘केही प्राविधिक समस्याका कारण ढिलाइ भईरहेको हो तर हामी भोलि विज्ञापन खोल्न सकिन्छ भन्नेमा पुगेका छौं । अब प्राविधिक समस्या भएन भने खोल्छौं ।’

मावि तहको विज्ञापन भइसकेकोपछि चरणबद्घ रुपमा निमावि तह र प्रावि तहको विज्ञापन खोलिने उनले बताए ।

आयोगले पहिलो पटक माध्यमिक तहमा करिब एक हजार ५४२ पदमा आवेदन माग गर्ने भएको छ ।

त्यस्तैगरी निम्न माध्यमिक तहमा दुई हजार ५९३ पद र प्राथमिक तहमा १२ हजार ९१२ रिक्त पदमा विज्ञापन खोल्ने तयारी गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार