होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • दोस्रो चरणको चुनाव : सिंह र निधि दुबैको सहयोग देउवालाई
Breaking News

दोस्रो चरणको चुनाव : सिंह र निधि दुबैको सहयोग देउवालाई

  • नागरिक रैबार
दोस्रो चरणको चुनाव : सिंह र निधि दुबैको सहयोग देउवालाई

काँग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई पहिलो चरणको सभापतिको दौडबाट बाहिरिएका प्रकाशमान सिंह र विमलेन्द्र निधि दुबैले समर्थन गर्ने भएका छन् । देउवा प्रकाशमान र निधिलाई भेट्न उनीहरुकै निवासमा पुगेका थिए भने सो क्रममा दुबै नेताले देउवालाई दोस्रो चरणको चुनावमा समर्थन गर्न सहमत भएका हुन् । यससँगै दोस्रो चरणको चुनावमा देउवालाई सहज हुने देखिएको छ ।

पहिलो चरणको चुनावमा खसेको ४६७९ मध्ये देउवाले २२५८ मत पाएका थिए भने शेखर कोइरालाले १७०२, निधिले २५०, सिंहले ३७१ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।

कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि काँग्रेस सभापतिका लागि सर्वाधिक मत ल्याए दुई उम्मेदवार देउवा र कोइरालाबीच फेरि प्रतिस्पर्धा हुने भएको हो । मतदान मंगलबार साढे ३ बजेदेखि सुरु हुनेछ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार