होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गणकलाई नागरिकको प्रतिप्रश्न, ‘हामीलाई के मिल्छ ?’
समाचार

गणकलाई नागरिकको प्रतिप्रश्न, ‘हामीलाई के मिल्छ ?’

  • नागरिक रैबार
गणकलाई नागरिकको प्रतिप्रश्न, ‘हामीलाई के मिल्छ ?’

धनगढी: बिहीबारदेखि देशभर राष्ट्रिय जनगणनाको मूल काम सुरु भएकोमा सुदूरपश्चिममा पनि ठूलो संख्यामा गणक घर–घरमा पुग्न थालेका छन्। जनगणनामा व्यक्तिगत तथा पारिवारिक विवरण संकलनका लागि ८० वटा प्रश्नसहितको प्रश्नावली बोकेर गणकहरु घरघरमा पुग्न थालेका हुन्।

जनगणनामा ग्रामीण र शहरी भेगमा बसोबास गर्ने जनसंख्या, उनीहरुको रोजगारीको स्थिति, वित्तीय पहुँच, उमेर, आम्दानीको स्थिति, शैक्षिक अवस्था, बसाइसराइको दर लगायतका तथ्यांक संकलन गरिन्छ। कैलालीमा पनि सोही अनुसार गणक र नागरिकबीच अहिले सवाल–जवाफ भइरहेको छ। अहिले नयाँ तरिकाले गणना भइरहको भन्दै नागरिकहरुमा सरकारप्रति केही आशा पलाएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित बसपार्क बस्ने प्रकाशबहादुर घर्तीमगरले यसपालि सहि तरिकाले जनगणना भइरहको बताए। उनले भने, ‘यसले सम्पूर्ण राष्ट्रको तथ्यांक देखाउँछ। नयाँ तरिकले तथ्यांक सकलन भइरहेको छ त्यो राम्रो छ।’

पहिले संख्याको आधारमा जनगणना हुन्थ्यो भने अहिले परिवारिक र व्यक्तिको स्थितिबारे तथ्यांक संकलन भइरहको छ। तर कतिपय नागरिक निरास पनि छन्। धनगढी २ का प्रेमबहादुर खत्री भन्छन्, ‘पहिले जनसंख्याको मात्रै टुंगो लगाउने हुन्थ्यो तर अहिले जुन विधि अपनाइएको छ। त्यसले केही व्यक्तिको स्थिति परिस्थिती छुटिन्छ होला। यस्तो भयो यत्ति हो भनेर हामीले चित्त बुझाउने कुरा मात्रै हो। सरकार त नालायक छ। यसको त कमै छैन। केही हुनेवाला पनि छैन।’ आफूहरु सरकारप्रति निराश भएको उनी बताउँछन्।

विज्ञापन

यस्तै विष्णुराज जोशीले पनि आफुले २ पटक गणना भएको देखेको बताए। तर अहिलेको विधि सहि भएको उनको भनाई छ। उनले जनगणना हर राष्ट्रका लागि अति आवश्यक कुरा रहेको बताए। तर सरकारले जस्तोसुकै विधि ल्याएपनि त्यो नागरिकलाई फकाउने काम मात्रै भएको बताए। ‘जे जस्तो गगरे पनि नागरिकका लागि यो एक सपना जस्तै हो। कुनै सपना पुरा हुन्छ कुनै हुँदैन। त्यसमा विश्वास गर्नु कुनै औचित्य पनि छैन’ उनले भने।

८० वटा प्रश्न सोध्न गणकलाई औसत २० मिनेट लाग्ने गरेको छ। एक परिवारको तथ्यांक संकलनका लागि कम्तीमा २० मिनेट लागिरहेको गणक तारा धामीले बताइन्। उनले भनिन्, ‘आफुले पनि धेरै कुराको सिकाई भइरहेको छ। नागरिककले पनि सहज तरिकाले सहयोग गरिरहेका छन्।’

गणकलाई नागरिकको प्रतिप्रश्न ?
गणक धामीले जनगणना गर्न जाँदा हरेकजसो नागरिकले प्रतिपश्न गरिरहेको बताइन्। ‘धेरैले प्रतिप्रश्न पनि गरिरहेका छन्। यो गरेर तपाईहरु के पाउनु हुन्छ। हामीलाई के दिन्छन् भनेर सोध्छन्’ उनले भनिन्। तर तथ्यांक संकलन गर्नुभन्दा पहिले जनगणना सम्बन्धी जानकारी गराउने उनले बताइन्।

बढीजसो बुढापाकाहरुले धेरै प्रश्न गर्ने गरेको गणक शान्ति चौधरीले बताइन्। मतदाता नामावली होकी भनेर पनि सोध्ने गरेको उनले बताइन्। उनले भन्छिन्, ‘बुढापाकाहरु नबुझेर हुन्। उनीहरुले यस्तो गरेर के फाइदा हुन्छ भनेर सोध्ने गरेका छन्।’ उनीहरुलाई यसबारे ५ मिनेट सम्झाउने बुझाउने गरेको उनले बताइन्।

धनगढीमा रहेको जनगणना कार्यालयले ५ वटा पालिका हेरिरहेको छ। धनगढी उपमहानगरपालिका लगायतका ५ पालिकामा ४३३ गणक कर्मचारी र २१ जना सुपरभाइजर खटाइएको छ। धनगढी उपमहानगरपालिकामा २०५, गौरीगंगा नगरपालिकामा ६६, कैलारी गाउँपालिकामा ४७, गोदावरीमा ९४ र चुरे गाउँपालिकामा २२ गरि ४३३ जना गणक कर्मचारी परिचालन गरिएको जनगणना कार्यालयका प्रमुख सुरेन्द्र रावलले बताए। पहिले सुपरिवेक्षकले घरपरिवार सूचीकरण फाराम ल्याएको बताए। सोही फारामको आधारमा घरपरिवार संख्या निर्धारण गरेर तथ्यांक संकलन गर्न आदेश दिएर कार्यक्षेत्र तोकेको उनले बताए।

‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ सुरु भएको जनगणनाले मुलुकको जनसंख्या मात्रै नभई व्यक्ति र परिवारको समग्र अवस्थादेखि संघीयता र समावेशिताको चरित्र समेत देखाउने विश्वास गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार