होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने अर्थ मन्त्रालयको निर्णय
देश/प्रदेश

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने अर्थ मन्त्रालयको निर्णय

  • नागरिक रैबार
स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने अर्थ मन्त्रालयको निर्णय

कोरोना महामारीमा जोखिमपूर्ण काम गरेका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउने भएका छन् । अर्थ मन्त्रालयको कार्यभार सम्हालेकै दिन अर्थमन्त्री जनार्दन शर्माले बुधबार स्वास्थ्यकर्मीहरुको जोखिम भत्ता निकासा गर्ने निर्णय गरेका हुन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्री शर्माले स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि ६५ करोड १४ लाख बजेट स्वीकृत गरेका छन् ।

त्यसैगरी बुधबार नै स्वास्थ्यकर्मीहरुको जस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरूको पनि माग पूरा भएको छ । इन्जिनियरहरूले पाउनुपर्ने भत्ता रकमवापत अर्थमन्त्रालयले बुधबार ८ करोड ३४ लाख ९४ हजार रुपैयाँ निकासा गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार