होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • माधव नेपाल पक्षको निष्कर्ष : चमत्कार नभए अब एमाले दुई वटा भयो
पत्रपत्रिका

माधव नेपाल पक्षको निष्कर्ष : चमत्कार नभए अब एमाले दुई वटा भयो

  • नागरिक रैबार
माधव नेपाल पक्षको निष्कर्ष : चमत्कार नभए अब एमाले दुई वटा भयो

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को माधव कुमार नेपाल पक्षले पार्टी विभाजनतिर गएको निष्कर्ष निकालेको छ । पार्टी एकीकृत हुँदाको अन्तर संघर्ष, सर्वोच्च अदालतको फैसलापछि एमाले ब्यूँतिएको अवस्था र योबीचमा पार्टी अध्यक्ष केपी ओलीले गरेको व्यवहारको आधारमा एमाले पार्टी थप एक भएर जान नसक्ने नेपाल पक्षको ठहर छ ।

शनिबार बसेको नेपाल पक्षको संसदसहितको केन्द्रीय समिति बैठकमा ओलीले शुक्रबार चालेको कदमपछि उत्पन्न परिस्थितिका विषयमा गम्भीर छलफल भएको थियो । छलफलका क्रममा नेपाल  पक्षका सांसदसहित केन्द्रीय सदस्यहरुले ओली प्रवृत्तिविरुद्ध लड्न आफूहरु तयार रहेको भन्दै सांसद पद गुमे पनि केही फरक नपर्ने धारणा राखेका थिए । उसो त बैठकले ओलीले शुक्रबार एकपक्षीय रुपमा प्रदेश संयोजक तोकेपछि समानान्तर कमिटीको अभ्यास समेत गरिसकेको छ ।

जसअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, प्रदेश ३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा युवराज ज्ञवालीलाई र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ । त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।

विज्ञापन

माधव नेपालले भने–पार्टी दुई भयो
बैठकपछि सञ्चारकर्मीहरूसँग अनौपचारिक छलफलका क्रममा वरिष्ठ नेता माधव कुमार नेपालले अब ओलीसँग फर्किने कुनै सम्भावना नरहेको भन्दै पार्टी विभाजनतिर पुगेको बताए ।
‘अब ओलीसँग फर्किने सम्भावना छैन । चैत ७ मा ओलीले बोलाएको बैठकमा पनि गइन्न’, नेपालले भने, ‘जेठ २ गते एमालेको जुन संरचना थियो । त्यो तलमाथि हुनुभएन । अब अलग अलग ढंगले जान्छौं ।’

देशभरबाट नेता कार्यकर्ताले आफूहरुलाई साथ दिने बचन दिएको उल्लेख गर्दै नेपालले ग्राउण्ड लेबलसम्म आफूहरुको पक्षमा माहोल रहेको पनि दावी गरे । ‘सांसदहरुले लोगो छुटाउन तयार छौं तर साथ छाड्दैनौँ भनेर भन्नु भएको छ । आज पनि केन्द्रीय समिति बैठकमा ४० सांसद उपस्थित हुनुभयो’, नेपालले भने, ‘ चमत्कार नै भएमात्रै नत्र ओलीसँग अब सहकार्य हुँदैन ।’ उनले एमालेको मूलधार आफूहरु नै भएको दावी गर्दै अब वृहत बाम  एकताको पहल थालिने पनि बताए । अहिले नै आफूसहित झलनाथ खनाल सँगसँगै हुँदै गर्दा वामदेव गौतमपनि यो अभियानमा सहभागी हुने उनको विश्वास छ ।  ‘जेएन खनाल सँगै हुनुहुन्छ, वामदेवजी पनि यही आउनुहुन्छ । एमालेका बहुमत नेता कार्यकर्ता हाम्रै पक्षमा हुनुहुन्छ’, नेपालले भने।

उनले आफूहरुले नेतृत्व गरेको एमालेमा मोहनविक्रम सिंहदेखि विप्लव सम्मलाई समेट्न सकिने गरी लागिने उल्लेख गर्दै यसमा लागिपर्ने बताए ।

ओलीले वास्तै गरेनन्
सर्वोच्चको फैसलासँगै एमाले ब्यूँतिएपछि पनि ओलीले सम्बन्ध सुधारमा कुनै पहल नगरेको नेपालले आक्रोश पोखे । ‘सर्वोच्चले फैसला गरिसकेपछि केपी ओलीले फोन गरेर छलफल गर्नुहुन्छ भन्ने अपेक्षा थियो । उल्टै हिजो जसरी निर्णय गर्नुभयो लगभग सहमतिको बाटो बन्द भएको छ’, उनले भने ।

उसो त प्रधानमन्त्री ओलीले नेपालको कडा आलोचना गर्न छाडेका छैनन् । शनिबार आयोजित एक कार्यक्रममा नेपाल र खनालको नाम नलिई उनले भने,‘केही साथीहरु केपी ओलीलाई ठेगान लगाउन एमाले फर्कन्छौं भनिरहनु भएको छ, म भन्छुु – खुुट्टी देख्दै चाल पाइयो । देश बनाउन, पार्टी चलाउन, काम गर्न आउनुस्, सच्चिएर आउनुस्, स्वागत छ । केपी ओलीलाई ठेगान लगाउन आउनुुभयो भने तपाईको खुुट्टामा बाटोमै ठेस लाग्छ ।’
दुुई तिहाई बहुमत प्राप्त पार्टी भत्काएर टालाटुलीको सरकार बनाउन केही व्यक्तिहरु कुदेका कारण आजको अवस्था निम्तिएको उनले बताए । माधव नेपालमाथि व्यङ्ग्य गर्दै उनले भने, ‘बाटो–बाटोमा अध्यक्षको पकडी बाधेर हिंड्ने ?
मलाई त पार्टीको अध्यक्षमात्रै होइन । साधारण सदस्यबाटै निकालेका थिए । यिनीहरुले सकेदेखि के गर्ने रहेछन् ?’ ओलीले भने ।

नेपाललाई कारबाहीको चेतावनी
यसैबीच ओलीले ७ गतेको बैठकमा उपस्थित नभए माधव नेपाल लगायतलाई विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।  ‘केही साथीहरु पेरिस डाँडाबाट रुवावासी गर्दै बिदावारी भएर हिंड्नुुभएको थियो रे । अर्याल होटलमा एक दुुई रात बास बस्नुभएको भन्ने सुनियो । प्रशस्त समय रहोस् भने चैत ७ गते बैठक बोलाएको छुु, टेलिभिजनबाटै बोलेपछि सुनिन भन्न पाइने छैन । २०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छुु । केन्द्रीय कमिटीका सदस्यहरु आउनु होला । अनुुपस्थित रहदैं जानुुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।’ राताेपाटीबाटसाभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार