होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सभामुख र सांसदहरुको एन्टिजेन परीक्षण
समाचार

सभामुख र सांसदहरुको एन्टिजेन परीक्षण

  • नागरिक रैबार
सभामुख र सांसदहरुको एन्टिजेन परीक्षण

काठमाडौं । संसद भवनमा सभामुखसहित सांसद र कर्मचारीहरुको आज एन्टिजेन परीक्षण सुरु गरिएको छ ।मंगलबार संसदको हिउँदे अधिवेशन आह्वान भएकाले त्यसअघि संघीय संसद भवनको स्काई हलमा एन्टिजेन परीक्षण सुरु गरिएको हो ।

संघीय संसदका पदाधिकारीहरु, दुवै सदनका सदस्यहरु, महासचिव लगायत सबै कर्मचारी, संसदीय मामिला आवद्ध सञ्चारकर्मीहरु, मर्यादापालक, सुरक्षाकर्मीहरुकोसमेत एन्टिजेन परीक्षण गर्ने कार्यक्रम छ ।

बिहान ११ बजेदेखि सुरु भएको परीक्षण दिउँसो तीन बजेसम्म चल्ने संसद सचिवालयले जनाएको छ ।यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद भवन नयाँबानेश्वरमा बैठक स्थलको निरीक्षण पनि गरेका छन् ।

विज्ञापन

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बस्ने गरी आह्वान गरेकी छन् ।

यसअघि गत कात्तिक २५ गते राति १२ बजेदेखि संघीय संसद्को वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै