होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • ‘प्रहरी हौं’ भनेर पैसा माग्ने २ जना पक्राउ
अपराध

‘प्रहरी हौं’ भनेर पैसा माग्ने २ जना पक्राउ

  • नागरिक रैबार
‘प्रहरी हौं’ भनेर पैसा माग्ने २ जना पक्राउ

‘प्रहरी हौं’ भनेर पैसा मागेको र कुटपिट गरेको आरोपमा प्रहरीले झापाबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ बस्ने विकास उप्रेती र विर्तामोड घर भएका टिका खत्री छन् ।

उनीहरुले नयनसरी राजवंशीको घरमा गएर ‘तपाइँको छोरा लागु औषध कारोबार गर्छ, छोरा जोगाउने भए २० हजार दिनुस्’ भनेर आफुहरुलाई प्रहरी भएको दाबी गरेका थिए । साउन ११ मा ११ हजार लिएर गएका उनीहरुले फेरि साउन १४ मा पैसा माग्न आएर विशाल राजवंशीलाई कुटपिट गरेका थिए । घटनाबारे उजुरी परेपछि इलाका अनारमनिबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

‘सादा पोशाकका प्रहरी हौं’ भनेर उनीहरुले नयनसरीका छोरा विशाललाई कुटपिट गरेका हुन् । आरोपीहरु विरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार