होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ट्र्याक्टरबाट खसेर युवकको मृत्यु
समाचार

ट्र्याक्टरबाट खसेर युवकको मृत्यु

  • नागरिक रैबार
ट्र्याक्टरबाट खसेर युवकको मृत्यु

दार्चुला — लेकम गाउँपालिका ६ गणेतमा ट्र्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लेकम गाउँपालिका–६ का अन्दाजी ३० वर्षका अशोक खत्री रहेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार गोकुलेश्वरबाट रिठाचौपाता गइरहेको सु.प.प्र.०१००२ त ४८३५ नम्बरको ट्र्याक्टरबाट खत्री खस्न गई घटनास्थलमै मृत्यु भएको हो । युवकको मृत्युपछि ट्र्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप जानकारी लिन ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्रसिंह साउदको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार