होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • विक्की–कट्रिनाको विवाहको तस्बिरले तोड्यो रेकर्ड
बलिउड/हलिउड

विक्की–कट्रिनाको विवाहको तस्बिरले तोड्यो रेकर्ड

  • नागरिक रैबार
विक्की–कट्रिनाको विवाहको तस्बिरले तोड्यो रेकर्ड

बलिउड कलाकार कट्रिना कैफ र विक्की कौशल गत डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिएका थिए । विवाह कडा सुरक्षाबीच गरिएको थियो । त्यसैले जब कट्रिना र विक्कीले विवाहको तस्बिर सार्वजनिक गरे, त्यसले रेकर्ड नै तोडेको छ ।

विक्की–कट्रिनाको विवाहको तस्बिरलाई पोस्ट गरिएको केही घण्टामा नै सवा करोड बढीले लाइक गरेका छन् । उनीहरुको तस्बिरले दीपिका पाडुकोन र रणवीर सिंहको रेकर्डलाई पनि पछि छाडेको छ । सन् २०१८ मा इटालीमा विवाह गरेका दीपिका र रणवीर सिंहको तस्बिरले ६४ लाख ७८ हजार ६२३ लाइक पाएको छ ।

सन् २०१८ मा नै विवाह बन्धनमा बाँधिएका प्रियंका चोपडा र निक जोनसको तस्बिरले ७४ लाख ७७ हजार ४३३ लाइक पाएको छ । सन् २०२० मा विवाह गरेका नेहा कक्कड र रोहनप्रीतको तस्बिरले ३९ लाख ८२ हजार ६०७ लाइक बटुलेको थियो । उता, अनुष्का शर्मा र विराट कोहलीको विवाहको तस्बिरले ३४ लाख ६९ हजार ९९८ लाइक बटुलेको थियो । उनीहरुले सन् २०१७ मा विवाह गरेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार