होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सचेत नभए पटक–पटक सङ्क्रमण
समाचार

सचेत नभए पटक–पटक सङ्क्रमण

  • नागरिक रैबार
सचेत नभए पटक–पटक सङ्क्रमण

सर्वसाधारण मानिस तथा स्वास्थ्यकर्मीलाई दोस्रो वा तेस्रो पटक सम्म कोरोना भाइरस सङ्क्रमण पुष्टि भइरहेको पाइएको छ ।कोरोनाबाट पुनः सङ्क्रमित नहुन जनस्वास्थ्यका मापदण्डबाहेक अन्य उपाय नभएको चिकित्सकहरू बताउँछन् । नेपालमा विभिन्न किसिमका भेरियन्ट फैलिरहेको हुनाले पनि पटक–पटक सङ्क्रमित हुनुपरेको चिकित्सकको भनाइ छ ।

ती व्यक्तिमा एन्टिबडी विकास भइनसकेको वा कम समयमात्र एन्टिबडी शरीरमा रहेको चिकित्सकहरू बताउँछन् । गएको वैशाख महिनामा डा. शान्ता पौडेललाई पहिलो पटक कोरोना पुष्टि भएको थियो । अस्पतालमा कार्यरत रहँदा रहँदै कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि डा. पौडेलले पीसीआर परीक्षण गराए ।

पीसीआर पोजेटिभ देखिएपछि उनी होमआइसोलेसनमा बसे । दुई साताको बसाइपछि डा.पौडेललाई कोरोना निको भयो । पहिलो पटक कोरोना सङ्क्रमण हुँदा ज्वरो आउने, खोकी लाग्ने जस्ता समस्या देखापरेको थियो । कोभिसिल्ड खोप लगाएका कारण आफूलाई अस्पताल भर्ना हुनु पर्नेगरी समस्या नभएको डा. पौडेलले जानकारी दिए ।

विज्ञापन

त्यसपछि उनलाई साउनको अन्तिम साता पुनः कोरोना पुष्टि भयो । होम आइसोलेसनमा १० दिन बसे पछि उनी अहिले नियमित अस्पताल जान थालेका छन् ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार