होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पूर्वप्रधानमन्त्रीबाहेकको नेतृत्वमा नयाँ सरकार बनाऔं : डा. भट्टराई
समाचार

पूर्वप्रधानमन्त्रीबाहेकको नेतृत्वमा नयाँ सरकार बनाऔं : डा. भट्टराई

  • नागरिक रैबार
पूर्वप्रधानमन्त्रीबाहेकको नेतृत्वमा नयाँ सरकार बनाऔं : डा. भट्टराई

२९ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान तथा पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले मुलुकको वर्तमान संकट हल गर्न संविधानको धारा ७६ (२) बमोजिम सबै दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन् । त्यस्तो सरकारले मुलुकका वर्तमान समस्या हल गरी एक वर्षभित्र चुनाव गराउनुपर्ने पनि उनको भनाइ छ ।

यस्तै उनले राजनीतिक दलका प्रमुख तथा पूर्वप्रधानमन्त्री रहेको एक निर्देशक समिति बनाएर अघि बढ्नुपर्ने पनि धारणा राखेका छन् ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार