होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • फिल्ममा चुम्बन नचाहने यी कलाकार
समाचार

फिल्ममा चुम्बन नचाहने यी कलाकार

  • नागरिक रैबार
फिल्ममा चुम्बन नचाहने यी कलाकार

मुम्बई–बलिउड अभिनेता सलमान खानले फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’को ट्रेलरमा अभिनेत्री दिशा पाटनीलाई चुम्बन गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल बन्यो ।

फिल्ममा ‘नो किसिङ पोलिसी’ अपनाउने सलमानले दिशालाई चुम्बन गरेको देख्दा कतै उनले आफ्नो पोलिसीलाई परिवर्तन त गरेका होइनन् भन्ने आशंका पनि उब्जिए । तर सलमानले आफूले मुखमा टेप टासेर चुम्बन गरेको जवाफ दिए ।

दैनिक भास्करका अनुसार बलिउडमा सलमानबाहेक अन्य कलाकारहरुले पनि ‘नो किसिङ पोलिसी’ अपनाएका छन् । जसमा अभिनेत्री सनी लियोनीदेखि अभिनेता अली जफरसम्म पर्छन् ।

विज्ञापन

अभिनेत्री सनी लियोनी कुनै समय एडल्ट स्टार थिइन् । अहिले यिनी बलिउड अभिनयमा व्यस्त छिन् । उनी कुनै पनि फिल्ममा सम्झौता गर्दा आफूले चुम्बन दृश्य नदिने शर्त राख्छिन् ।

सनी अन्तरंग दृश्य दिनमा कुनै अप्ठ्यारो मान्दिनन् । तर उनलाई चुम्बन दृश्य दिन असहज लाग्छ ।

बलिउडका कैयौं रोमान्टिक फिल्ममा अभिनय गरिसकेका अभिनेता अजय देवगनले कैयौं वर्ष अघि नै अनस्क्रिन किस गर्न अस्वीकार गरिसकेका छन् ।

उनले कैयौं फिल्ममा रोमान्स गरे पनि अभिनेत्रीलाई अहिलेसम्म चुम्बन गरेका छैनन् ।

अभिनेत्री सोनाक्षी सिन्हा पनि क्यामराको अगाडि चुम्बन दृश्य दिन डराउछिन् । फिल्म ‘होलिडे’मा अक्षय कुमारसँग एक चुम्बन दृश्य दिनुपर्ने हुँदा उनले त्यसलाई अस्वीकार गरेकी थिइन् ।

चाँडै नै फिल्म ‘हंगामा २’बाट बलिउडमा कमव्याक गर्न लागेकी अभिनेत्री शिल्पा सेठ्ठी ‘नो किसिङ पोलिसी’को अर्को सदस्य हुन् । उनले करियरको सुरुवाती समयमा कैयौं बोल्ड दृश्य दिए पनि उनले चुम्बन दृश्य भने दिएकी छैनन् ।

अभिनेता आमिर खानका साथ फिल्म ‘गजनी’बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री असिन फिल्ममा चुम्बनबाट टाढै बस्छिन् । उनी क्यामराको अगाडि चुम्बन गर्न असहज महशुस गर्छिन् ।

‘चश्मे बद्दूर’ र ‘मेरे ब्रदरकी दुल्हन’ जस्ता फिल्ममा अभिनय गरिसकेका पाकिस्तानी अभिनेता अली जफर फिल्ममा चुम्बन चाहदैनन् । अभिनेत्री अदिती राव हैदरीसँग फिल्म ‘लण्डन पेरिस न्यूयोर्क’मा अभिनय गरेका उनले यो फिल्ममा बडी डबल गरेर चुम्बन दृश्य दिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै