होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भारतमा एकैदिन थपिए एक लाख ६९ हजार नयाँ संक्रमित
समाचार

भारतमा एकैदिन थपिए एक लाख ६९ हजार नयाँ संक्रमित

  • नागरिक रैबार
भारतमा एकैदिन थपिए एक लाख ६९ हजार नयाँ संक्रमित

३० चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार ९१२ नयाँ संक्रमित थपिएका छन् । एकैदिन कोरोना संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार उक्त अवधिमा थप ९०४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

यससँगै भारतमा समग्रमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ३५ लाख नाघेको छ । त्यस्तै संक्रमणको कारण एक लाख ७० हजार १७९ को मृत्यु भइसकेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १२ लाख नाघेको छ।

 

विज्ञापन

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार भारत संक्रमित संख्याको आधारमा पुनः दोस्रो सबैभन्दा प्रभावित मुलुक बनेको छ । ब्राजिलमा एक करोड ३४ लाख ८० हजार संक्रमित फेला परेका छन् । सबैभन्दा प्रभावित अमेरिकामा अहिलेसम्म तीन करोड ११ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।

पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितमध्ये ६३ हजार २९४ महाराष्ट्रमा फेला परेका हुन् । उत्तर प्रदेशमा १५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने कर्नाटक, छत्तीसगढ र दिल्लीमा १० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

संक्रमण बढ्दै गए पनि भारत सरकारले लकडाउन गर्न चासो देखाएको छैन तर केही राज्यमा भने सामाजिक गतिविधिमा कडाइको नियम ल्याइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार