होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • मुख्यमन्त्री राईले बोलाए सर्वदलीय बैठक
राजनीति

मुख्यमन्त्री राईले बोलाए सर्वदलीय बैठक

  • नागरिक रैबार
मुख्यमन्त्री राईले बोलाए सर्वदलीय बैठक

विराटनगर। लामो समयदेखिको संसद गतिरोध हटाउन मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक डाकेका छन्। सर्वदलीय सहमतिको आधारमा संसद सुचारु गर्न बैठक बोलाइएको एमाले प्रमुख सचेतक वुद्धीकुमारराज भण्डारीले जानकारी दिए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितका दलहरूलाई बैठकमा सहभागिताको लागि निमन्त्रणा गरिएको भण्डारीले बताए। प्रदेश १ सभाको हिउँदे अधिवेशनअन्तर्गतको छैटौं बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले अवरोध गर्दै आएका छन्।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक फेरि पनि अवरुद्ध गर्ने योजना बनाएपछि मुख्यमन्त्री राईले सर्वदलीय बैठक बोलाएको बुझिएको छ। सभामुख प्रदीपकुमार भण्डारीले आइतबार बोलाएको सर्वदलीय बैठकमा मुख्यमन्त्री राई अनुपस्थित भएका थिए। उनी अनुपस्थित भएकाले बैठक बिनानिष्कर्ष टुंगिएको थियो।

विज्ञापन

विपक्षी दलले प्रदेशसभामा चालु आर्थिक वर्षको स्वीकृत योजनाहरुको स्रोत सुनिश्चितताको माग गरेका छन्। तर सरकारले चालु आर्थिक वर्षमा ल्याएको ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेटमध्ये स्रोत अभावमा आधा मात्रै कार्यान्वयन गर्न मातहतका सबै मन्त्रायलय तथा निकायहरुलाई पत्राचार गरेर बजेट कटौती गरेको छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार