होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमसीसीविरुद्ध प्रदर्शनकारी र प्रहरीबीच झडप
समाचार

एमसीसीविरुद्ध प्रदर्शनकारी र प्रहरीबीच झडप

  • नागरिक रैबार
एमसीसीविरुद्ध प्रदर्शनकारी र प्रहरीबीच झडप

काठमाडौंः अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसीं) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ।

केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ। शनिबार विभिन्न संघसंस्थाले एमसिसी राष्ट्रघाती भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरेका थिए। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो। हिजो बेलुकी युवा संघले गरेको प्रदर्शनका क्रममा पनि प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो।

विज्ञापन

भाडावाला सरोकार समाजले अगुवाई गरेको प्रदर्शनमा युवाहरूको उल्लेख्य सहभागिता थियो। प्रदर्शनमा ‘एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन, नो एमसिसी’लगायत नारा लगाएका थिए। माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर प्रहरीसँग झडप भएको हो। प्रहरीले प्रदर्शनकारी माथि रामधुलाइ गरिएको बताईएको छ।

फोटोः थाहाखबर

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार