होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमसीसी पास गरे देश जल्छ – प्रकाण्डको चेतावनी–
समाचार

एमसीसी पास गरे देश जल्छ – प्रकाण्डको चेतावनी–

  • नागरिक रैबार
एमसीसी पास गरे देश जल्छ – प्रकाण्डको चेतावनी–

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहले एमसीसीको मुद्दा मुखरित भएर फेरि एकपटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको जनाएको हो ।

पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सरकारले एमसीसी जस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसद्बाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाए । सबै नेपाली नागरिक यसविरुद्ध आन्दोलित भइरहेको बेलामा पनि ‘दलालहरू’ले यसलाई पास गर्नुपर्ने भनिरहेको उनको भनाइ छ ।

विज्ञापन

विभिन्न प्रपञ्च रचेर सरकारले एमसीसी पास गर्न लागेको भन्दै उनले यो सम्झौता नेपाली जनता र नेपाल कम्युनिस्ट पार्टीलाई स्वीकार्य नहुने बताए ।

सरकारले एमसीसी तत्काल पास गर्ने योजना बनाइरहेकोले आफ्नो पार्टीले एकहप्ते संघर्षको कार्यक्रम राखेको उनले जानकारी दिए । यही भदौ २८ गते काठमाडौंमा बृहत प्रदर्शन गरिने उनले बताए ।

एमसीसी पास गरे देश जल्ने र देशमा आन्दोलनको आगो लाग्ने बताउँदै प्रवक्ता प्रकाण्डले १० वर्ष युद्ध लडेका प्रचण्ड र राणाविरुद्धको आन्दोलनमा नेपाली कांग्रेसले गर्नुपरेको बलिदानलाई सम्झन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण पनि गराए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार