होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • धुम्रपान नगर्ने व्यक्तिलाई पनि किन हुन्छ फोक्सोको क्यान्सर ?
स्वास्थ्य-जीवनशैली

धुम्रपान नगर्ने व्यक्तिलाई पनि किन हुन्छ फोक्सोको क्यान्सर ?

  • नागरिक रैबार
धुम्रपान नगर्ने व्यक्तिलाई पनि किन हुन्छ फोक्सोको क्यान्सर ?

धुम्रपान क्यान्सरको कारण हो । धुम्रपान गर्ने व्यक्तिमा फोक्सोको क्यान्सर हुने सम्भावना अत्यधिक हुन्छ । तर, धुम्रपान नगर्ने व्यक्तिमा पनि फोक्सोको क्यान्सर हुन्छ । अमेरिकी वैज्ञानिकहरुले गरेको अनुसन्धानमा धुम्रपान नगर्ने व्यक्तिमा प्राकृतिक रुपमा क्यान्सर बढ्ने तथ्य खुलेको छ ।

 

अमेरिकाको नेशनल क्यान्सर इन्स्टिच्युटले २३२ जना क्यान्सरका विरामीमाथि अनुसन्धान गरेको थियो । ती बिरामीहरुले कहिल्यै पनि धुम्रपान गरेका थिएनन् । उनीहरुको शरीरबाट क्यान्सर युक्त ट्युमरको नमुना लिएर जिनोम सिक्वेन्सिङ गरियो ।

विज्ञापन

नमुना परीक्षणबाट फोक्सोको क्यान्सरको नयाँ तथ्य पत्ता लाग्यो । नयाँ तथ्यका अनुसार धुम्रपान नगर्ने व्यक्तिहरुको शरीरमा नयाँ प्रकारको क्यान्सर आफै विकसित हुने गरेको पाइयो । वैज्ञानिकले डिएनएमा कुनै न कुनै प्रकारको गडबढीका कारण बिरामी क्यान्सर फैलिने किटाणुको सम्पर्कमा आउनाले क्यान्सर हुने पत्ता लगाए ।

वैज्ञानिकले उक्त तथ्यलाई पुष्टि गर्न थप अनुसन्धान गरे । नेचर जेनेटिक्समा पब्लिश रिसर्चका अनुसार २३२ जनाले धुम्रपान गर्दैनथे । तर त्यसमध्ये २८ प्रतिशत व्यक्तिहरु धुम्रपान गर्ने व्यक्तिहरुको नजिक भएकाले क्यान्सर भएको भए पनि ७२ प्रतिशतको शरीरका प्राकृतिक रुपमा क्यान्सर विकसित भएको थियो ।

सेकेन्डह्याण्ड स्मोक र प्रदूषणका कारण निस्किने विषालु तत्व शरीरमा पुगेर क्यान्सरको कारण बन्न सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

फोक्सोको क्यान्सरको लक्षण
लामो समयसम्म खोकी लागिरहनु, खकारमा रगत देखिनु, सास फेर्न गाह्रो हुनु, छाती दुख्नु र आवाजमा परिवर्तन हुनु पनि क्यान्सरका लक्षणहरु हुन् ।

विश्वभर हरेक वर्ष २० लाखभन्दा बढी व्यक्तिहरु फोक्सोको क्यान्सरसँग जुधिरहेका हुन्छन् । यसमा २ लाख व्यक्तिहरु अमेरिकामा मात्र छन् । विश्वभर हरेक वर्ष १८ लाख व्यक्तिले फोक्सोको क्यान्सरका कारण मृत्युवरण गरिरहेका छन् ।

फोक्सोको क्यान्सर सामान्यतया धुम्रपान गर्ने व्यक्तिहरुमा हुन्छ । विशेषज्ञका अनुसार धुम्रपान नगर्ने व्यक्तिहरुमा पनि फोक्सोको क्यान्सर भइरहेको पाइन्छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार