होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • रोचक
  • बच्चाजस्तै रुने अनौठो चरा ‘लायरबर्ड’ (भिडियो)
रोचक

बच्चाजस्तै रुने अनौठो चरा ‘लायरबर्ड’ (भिडियो)

  • नागरिक रैबार
बच्चाजस्तै रुने अनौठो चरा ‘लायरबर्ड’ (भिडियो)

घना जंगलको बीचमा बच्चा रोएको आवाज सुनियो भने कस्तो प्रतिक्रिया होला ? तर, यस्तो आवाज निकालेर चरा पनि कराउँछ । अष्ट्रेलियाकाो सिड्नीस्थित तारोङगा चिडियाखानामा एउटा यस्तै चरा राखिएको छ । जसले बच्चा रोएको आवाज निकाल्दै कराउँछ । यसको नाम लायरबर्ड हो । मानिसको नक्कल गर्ने भएकाले यसलाई नक्कल गर्ने चरा पनि भनिन्छ ।

अष्ट्रेलियाको तारोङ्गा चिडियाखानाले लायरबर्डको एउटा भिडियो ट्विटरमा सेयर गरेको छ । अष्ट्रेलियाको म्युजियमका अनुसार लायरबर्ड नक्कल गर्न खप्पिस हुन्छन् । यसले वरिपरिका रुख काट्ने मेसिन, कारको इन्जिन, जनावरहरूका आवाजको पनि नक्कल गर्छन् ।

विज्ञापन

 

चिडियाखानाको प्रशासनले जानकारी दिएअनुसार कहिले काँही लायरबर्डले निकालेको आवाज सुनेर चिडियाखानाका कर्मचारीहरु डराउँछन् । नेशनल आउडुबान सोसाइटीका अनुसार पोथी लायरबर्ड प्रजननका लागि आवाज निकाल्छन् । पोथी लायरबर्ड भालेसँग सम्बन्ध बनाउन लागि विभिन्न प्रकारका आवाज निकाल्ने गर्छ । यो चराको प्रजनन जुनदेखि अगस्ट महिनामा हुने गर्छ ।

कोर्नेल युनिभर्सिटीका अनुसन्धानकर्ताका अनुसार यी चराहरूले खतराको महसुस गरेपछि समूहमा हुने पन्छीहरूको आवाज निकाल्छन् । आफूलाई सुरक्षित गराउन वरिपरि पनि अरु चराहरु भएको संकेत गर्न उनीहरु समूहमा बस्ने पन्छीको आवाज निकाल्ने गर्छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार