होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेता गाउँ जाँदा कुन चोर आएछ भन्न थालेः राजेन्द्र लिङ्देन
समाचार

नेता गाउँ जाँदा कुन चोर आएछ भन्न थालेः राजेन्द्र लिङ्देन

'राष्ट्र प्रमुख राजसंस्था, जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्रीको व्यवस्था गरौँ'

  • नागरिक रैबार
नेता गाउँ जाँदा कुन चोर आएछ भन्न थालेः राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिकबाहिर पुगेको जिकिर गरेका छन् । उनले सरकार सरकारजस्तो, संसद् संसद्जस्तो र अदालत अदालतजस्तो हुन नसकेको भन्दै राजनीतिलाई ठिक ठाउँमा ल्याउनुपर्ने नेताहरूले पनि विश्वास गुमाइसकेको बताए ।

शुक्रबार काँग्रेसको १४ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिकबाट बाहिर गएको देखिन्छ । सरकार सरकार जस्तो छैन । संसद् संसद्जस्तो छैन अदालत अदालत जस्तो छैन । यो सबैलाई ठिक लगाउने राजनीतिले हो । तर राजनीतिलाई ठिक ठाउँमा ल्याउने नेताहरूले विश्वास गुमाएको अवस्था छ ।’

जनताको नजरमा नेताहरू प्रति विश्वास हराएको पनि उनले बताए । गाउँमा कुनै नेता जाँदा कार्यकर्ताले सम्मान नगरी कुन चोर आएछ भन्ने अवस्था रहेको उनले टिप्पणी गरे । ‘गाउँघरमा नेता लगेर कुनै एक ठाउँ वा चौतारोमा राखेर छिमेकीहरू बोलाउन जाँदा गाउँलेले नेताको नाम सम्झिँदैनन् । कुनचाहिँ चोर आएछ त्यहाँ भन्छन् मान्छेहरूले’, उनले भने । महाधिवेशनलाई नेतृत्वको छवि सुधार्ने अवसरका रूपमा लिन पनि आग्रह गरे । उनले विगतका गल्ती कमजोरीहरूलाई सुधारेर अघि बढ्नुपर्ने बताउँदै देशमा राजसंस्था जरुरी रहेको पनि बताए ।

विज्ञापन

‘अब देशका राष्ट्र प्रमुखको रूपमा राजसंस्था, जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद्, सांसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागु गरेर जाऔँ’, लिङ्देनले भने। उनले काँग्रेसको १४ औँ महाधिवेशनको पूर्ण सफलताको पनि कामना गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार