होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ३२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मंसिर पहिलो सातादेखि मतदाता नामावली संकलन गरिदै
समाचार

मंसिर पहिलो सातादेखि मतदाता नामावली संकलन गरिदै

  • नागरिक रैबार
मंसिर पहिलो सातादेखि मतदाता नामावली संकलन गरिदै

काठमाडौं !निर्वाचन आयोगले आउँदो निर्वाचनलाई लक्षित गरेर मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ । दुई साताअघि सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच छलफलपछि आयोगले मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो ।

आयोगले मंसिर पहिलो सातादेखि स्थानीय तहको केन्द्रमा प्राविधिक खटाएर मतदाता नामावली संकलन गर्न अर्थ मन्त्रालयसँग बजेटसमेत माग गरिसकेको छ ।

७ सय ५३ स्थानीय तहमा एक महिना मतदाता नामावली संकलन गर्न ११ करोड रुपैयाँ बजेट आवश्यक पर्ने आकलन गरी तिहारअघि नै बजेट माग गरेर अर्थमा पत्राचार भइसकेको आयोगका सचिव सुरेश अधिकारीले बताए । ‘अर्थबाट सहमति आउनेबित्तिकै हरेक स्थानीय तहमा प्राविधिक पठाएर मतदाता नामावली संकलन सुरु गर्छौं,’ उनले भने ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै