होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • विदेशमा आर्कषक रोजगारी देखाएर सोझा र गरिब नेपालीबाट वर्षेनी १ अर्ब लुट्दै
पत्रपत्रिका

विदेशमा आर्कषक रोजगारी देखाएर सोझा र गरिब नेपालीबाट वर्षेनी १ अर्ब लुट्दै

  • नागरिक रैबार
विदेशमा आर्कषक रोजगारी देखाएर सोझा र गरिब नेपालीबाट वर्षेनी १ अर्ब लुट्दै

म्यानपावर कम्पनी र दललाहरुले विदेशी मुलुकमा आर्कषक रोजगारीको प्रलोभन देखाएर सोझा एवं गरिब नेपाली युवाबाट वार्षिक १ अर्ब रुपैयाँ हाराहारीमा लुटिरहेका छन् । म्यानपावर कम्पनी र दलालहरुले मिलेमतोमा सुरक्षित एवं भरपर्दो काम र आर्कषक तलबसुविधा देखाएर मोटो रकम लिई युवालाई विदेश पठाउने गरेका छन् ।

तर, भनिए अनुसार काम र सुविधा पाउनुको सट्टा विदेश पुगेका युवा अलपत्र पर्ने गरेका छन् । यसरी प्रलोभनमा पारेर मिलेमतोमा लुटिएको रकम वार्षिक औसतमा १ अर्ब रुपैयाँ हाराहारी छ ।

वैदेशिक रोजगार विभाग अनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा मात्र म्यानपावर कम्पनी र दलालहरुले नेपाली युवाबाट १ अर्ब ३२ करोड रुपैयाँ लुटेका छन् । उक्त आर्थिक वर्षभरिमा विभिन्न विदेशी मुलुकमा आकर्षक रोजगारीमा लगाउने आशा देखाएर पठाइएका युवाले आफूहरु ठगिएको भन्दै विभागमा उजुरी दिएका थिए । यी युवाले विदेश जान आफूहरुले १ अर्ब ३२ करोड रुपैयाँ बुझाएको दाबी गर्दै असुलउपरका लागि विभागसमक्ष निवेदन पेस गरेका थिए ।

विज्ञापन

यो समाचार आजको नागरिक दैनिकमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार