होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘भीम रावल माओवादी भए हुन्छ, हाम्रो नेता लेखराज नै हो’
समाचार

‘भीम रावल माओवादी भए हुन्छ, हाम्रो नेता लेखराज नै हो’

  • नागरिक रैबार
‘भीम रावल माओवादी भए हुन्छ, हाम्रो नेता लेखराज नै हो’

धनगढी, २६ फागुन/अदालतले नेकपा एमाले ब्युँताएपछि त्यहाँभित्रको संघर्ष पुनः नयाँ शिराबाट उठेको छ । एमाले सुदूरपश्चिम कमिटीले भीम रावललाई कुनै हालतमा प्रदेश इन्चार्ज नस्वीकार्ने बताउँदै उनको नेमप्लेट तोडफोड गरेको छ ।

बुधबार कार्यालय स्थापना गर्ने क्रममा दुई पक्षबीच झडप भएको थियो । झडमा केही घाइतेसमेत छन् । प्रदेश अध्यक्ष कर्ण थापाले ‘एमाले सिध्याउन हिँडेका रावल एमालेमा फर्कने नैतिक आधार नभएको’ भन्दै उनको बोर्ड परिवर्तन गरिएको बताए ।

“हामीले विवादित अवस्थामा पार्टी नचलाऔँ भनेका थियौँ । भीम रावलका उद्दण्डहरूले पार्टी कार्यालय चलाइरहेका थिए । आज हामीले एमालेको बोर्ड पुनःस्थापित गरेका हौँ,” उनले भने, “नेमप्लेट राख्ने सन्दर्भमा विवाद भएको हो । हाम्रो नेता लेखराज भट्ट नै हो ।”

विज्ञापन

गएको पुस ५ गतेको कदमले पार्टी विभाजित हुँदा केपी शर्मा ओली पक्षले भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकेको थियो । अदालतले नेकपा एमाले नै ब्युँताइदिएपछि पनि भट्ट नै नेता भएको उनको निष्कर्ष छ । यद्यपि, एकतापूर्व एमालेको सुदूरपश्चिम कमिटी इन्चार्ज रावल नै थिए ।

“अदालतले पार्टी पुनःस्थापित गरेको हो । व्यक्ति को राख भनेको छैन,” उनी भन्छन्, “पार्टी समाप्त पार्न भूमिका खेल्ने त भीम रावल हुन् । अराजकहरूको नेतृत्व स्वीकार्न सकिँदैन ।”

थापाले रावललाई कारबाही गर्नुको विकल्प नरहेको बताए । “हिजो–अस्ति सुन्नुभएन, उनले प्रधानमन्त्रीलाई तिम्रो पार्टी कुन हो ? भन्दै सोध्दै थिए । त्यस्ता व्यक्तिलाई कसरी नेता मान्नू ? उनी प्रचण्डसँग गए हुन्छ । माओवादी केन्द्र भए हुन्छ । एमाले कायम हुने कुनै अधिकार छैन । हक छैन,” उनले आक्रोशित भावमा भने ।

पुनःस्थापित भएपछि एमालेभित्रको गुटगत संघर्ष झन् पेचिलो बन्दै छ । आजै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले नयाँबानेश्वरस्थित अर्याल होटेलमा छुट्टै बैठक बोलाएका छन् । एमाले ब्युँतिएपछि अब कसरी अगाडि बढ्ने र पार्टी सत्तामा कसरी बलियो बन्ने भनेर उनीहरू छलफलमा छन् ।

आजै वरिष्ठ नेता झलनाथ खनालले ओली नेतृत्वको सरकारको विकल्प सोच्न नसकिने र यही सरकारलाई दुई वर्ष टिकाउनुपर्ने बताएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै