होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेसको खातामा १० करोड रुपैयाँ मौज्दात
समाचार

काँग्रेसको खातामा १० करोड रुपैयाँ मौज्दात

  • नागरिक रैबार
काँग्रेसको खातामा १० करोड रुपैयाँ मौज्दात

नेपाली काँग्रेसको खातामा १० करोड रुपैयाँ मौज्दात रहेको पाइएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा बसेको केन्द्रीय समितिको बैठकमा कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनले सो मौज्दात देखाएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

केन्द्रीय समितिको बैठकले आर्थिक प्रतिवेदनसहित महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पनि पारित गरेको उनले जानकारी गराए । त्यस्तै, पार्टी उपसभापति विमलेन्द्र निधि संयोजक रहेको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पनि आफ्नो प्रतिवेदन पेस गरेको थियो । त्यो पनि बैठकले पारित गरेको छ । बैठकले पारित गरेका सबै प्रतिवेदन महाधिवेशनको बन्दसत्रमा छलफलका लागि प्रस्तुत हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले जानकारी गराए ।

त्यस्तै, महासमितिले परिमार्जन गरेको विधानलाई पनि केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ । अनुमोदित विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत हुनेछ । महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १८ वटा समितिहरु गठन गरिएको छ । बैठकले मिडिया संयोजनको जिम्मेवारी नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यलाई दिएको छ । निर्वाचनबारे जानकारी गराउने काम अधिवक्ता केशव रिजालले गराउने बताइएको छ ।

विज्ञापन

पार्टीको नीतिबारे छलफल गर्ने विषय महाधिवेशनको कार्यसूचीमा नराखिएको प्रवक्ता शर्माले बताए । यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रीत रहने बताउँदै उनले नीति अधिवेशन पछि हुने जानकारी दिए बताए ।

रामचन्द्र अनुपस्थित

वरिष्ठ नेता रामचन्द्र पौडेलले आजको बैठकमा अनुपस्थित रहने जानकारी गराएको प्रवक्ता शर्माले बताए । बैठक बस्नुअघि पार्टी कार्यालयका मुख्यसचिवले वरिष्ठ नेता पौडेललाई सम्पर्क गरेका थिए । महाधिवेशनमा पार्टीका कोही पनि अनुपस्थित नहोस् भनि पार्टीले चाहेको उनले बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार