होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा मात्रै १० बुँदे सहमति लागू किन नहुने ? : भीम रावल
समाचार

सुदूरपश्चिममा मात्रै १० बुँदे सहमति लागू किन नहुने ? : भीम रावल

  • नागरिक रैबार
सुदूरपश्चिममा मात्रै १० बुँदे सहमति लागू किन नहुने ? : भीम रावल

धनगढी: नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको आज हुने भनिएको बैठक अवैध रहेको बताएका छन्। रावलले ट्वीट गर्दै १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि गएको अन्तरपार्टी निर्देशन विपरीत बैठक बस्न लागेको भन्दै असहमति जनाएका हुन्। ‘अन्तरपार्टी निर्देशन झापामा लागू हुने, सुदूरपश्चिममा लागू नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकाले हो कि !’ रावलले भनेका छन्।

महाधिवेशनको पूर्वसन्ध्यामा एमालेका प्रदेश कमिटी र जिल्ला कमिटी बैठकहरु बसिरहेका छन्। सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्ज दावी गर्दै आएका रावलले लेखराज भट्टलाई इन्चार्ज मान्न अस्वीकार गरेका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार