होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • अर्थ
  • महँगीको मारमा चेपिँदै उपभोक्ता, बेवास्ता गर्दै देउवा सरकार
अर्थ

महँगीको मारमा चेपिँदै उपभोक्ता, बेवास्ता गर्दै देउवा सरकार

  • नागरिक रैबार
महँगीको मारमा चेपिँदै उपभोक्ता, बेवास्ता गर्दै देउवा सरकार

दैनिक उपभोग्य वस्तुको मूल्य छोइनसक्नु गरी बढेको छ । शेरबहादुर नेतृत्वको नयाँ सरकार बनेपछि विस्तार हुन नसकेको मन्त्रीमण्डलसँगै उपभोक्ताको भान्सा पनि गन्जागोल भएको हो । दैनिक उपभोग्य वस्तुमा तरकारीदेखि खानेतेल र अण्डा लगायत अन्य वस्तुसम्मको मूल्यवृद्धि देखिएको छ ।

अदालतको आदेशससँगै देशको प्रधानमन्त्रीमा यही वर्षको असार २८ गते देउवा नियुक्त भएपछि उनले मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । जसमा कोरोना महामारीको समयमा स्वास्थ्य मन्त्रालयजस्तो जिम्मेवार मन्त्रालय मात्र नभई चाडपर्वको समयमा जिम्मेवार भूमिकामा रहने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत रिक्त छ ।

सर्वोच्च अदालतले नेकपामा माओवादी केन्द्र छाडेर एमालेमा विलय भएका गैरसांसद मन्त्रीलाई जिम्मेवारीमा नराख्नु भन्ने आदेश दिएपछि रिक्त भएको उद्योग मन्त्रालय अहिलेसम्म रिक्त छ । अदालतले यही वर्षको जेठको पहिलो सातामा यस्तो आदेश दिएको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् गठन गरेपनि त्यो तीन सातासम्म मात्रै कायम भयो ।

विज्ञापन

त्यसैले, जेठको पहिलो सातादेखि नै रिक्त भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अहिलेसम्म मन्त्रीविहीन छ । यस्तो बेलामा बजारमा तरकारीदेखि खानेतेल लगायत अन्य वस्तुको मूल्य बढेको छ । यसलाई नियमन गरेर आवश्यक निर्णय लिनुपर्ने समयमा देउवा सरकारले उपभोक्ताको ढाड सेकिनेगरी बढेको मूल्यवृद्धिलाई बेवास्ता गरिरहेको छ ।

नेपालीहरूको विषेश पर्व दशैं र तिहार तथा छट आउनै लाग्न बजारमा कालोबजारी सल्बलाउनुका साथै मूल्यवृद्धि अनियन्त्रित हुनेगरी उकालो लाग्छ ।

यस्तो समयमा उपभोक्ता र बजार तथा व्यापारीसँग प्रत्यक्ष जोडिने उद्योग मन्त्रालय नै खाली हुँदा बजारमा प्रत्यक्षरूपमा बिचौलिया हाबी भएका छन् । यस्तै, उत्पादक आफ्नो खुसीले मूल्य तोक्दै बसेका छन् ।

तरकारीमा अचाक्ली मूल्यवृद्धि

कालिमाटी फलफुल तथा तरकारी बजारका अनुसार प्रधानमन्त्रीमा देउवाले सपथ लिएयता अधिकांश वस्तुमा दोब्बर/तेब्बर सम्म मूल्यवृद्धि भएको छ ।

देउवाले प्रधानमन्त्रीमा सपथ लिएको दिन अर्थात असार २८ गते काउलीको मूल्य प्रतिकिलो ६५ रुपैयाँ थियो । त्यसयता आजसम्म यसको मूल्य बढेर होलसेलमै ९० रुपैयाँ पुगिसकेको छ ।

यस्तै, यस अवधिमा हरियो प्याजको मूल्यमा १२० रुपैयाँसम्मले मूल्य बढेको छ । असार २८ गते प्रतितोला प्रतिकिलो ३३५ रुपैयाँ रहेको डल्ले च्याउको मूल्य आजको दिनमा ४६० रुपैयाँ पुगेको छ । यसैगरी, सुकेको प्याजको मूल्य सबैभन्दा बढीले बढेको छ ।

यस अवधिमा सुकेको प्याजमा प्रतिकिलो २२६ रुपैयाँसम्मको मूल्यवृद्धि देखिएको छ । यसका साथै, रायोको साग, ब्रोकाउली र हरियो धनियाँ लगायतका अन्य तरकारीको मूल्य पनि बढेको छ । यी बाहेक, गोलभेँडा, लौका र बन्दा जस्ता तरकारीको मूल्य भने घटेको कालीमाटी फलफुल तथा तरकारी बजारले जानकारी दिएको छ ।

वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध हुँदा तरकारीको मूल्यमा वृद्धि देखिएको कालिमाटी फलफुल तथा तरकारी बजारको दाबी छ । तर, तरकारीको मूख्य सिजनमै यसरी तरकारीको मूल्य बढ्नुमा सडक अवरुद्ध हुनुमात्र नभई मन्त्रीविहीन मन्त्रालयको फाइदा उठाउँदै बिचौलियाको रजगज देखिएको छ ।

नयाँ सरकार बन्नुअघि र पछि तरकारीको मूल्य

खानेतेल र अण्डामा मूल्य बढ्दा रमिते बन्दै सरकार

उपभोक्ताको भान्सामा प्रत्यक्ष जोडिने खानेतेल र अण्डाको मूल्यमा समेत अचाक्ली वृद्धि भएको छ ।यतिबेला अण्डाको मूल्य बढेर होलसेलमै प्रतिक्यारेट ४२० रुपैयाँसम्म पुगेको छ । यसअघि अण्डाको उपभोक्ता मूल्य प्रतिक्यारेट ३७० रुपैयाँसम्म पर्ने नेपाल खुद्रा व्यापार संघले जानकारी दिएको छ ।

अण्डाको मूल्य बढ्दा किसानहरूलाई तुलनात्मक रूपमा नाफा भएपनि उपभोक्ताको ढाड सेकिएको छ । यसले आम सर्वसाधारणको भान्सा महँगिएर छोइनसक्नु भएको छ ।

कच्चा पदार्थको मूल्य बढ्दा अण्डाको मूल्य बढेको अण्डा उत्पादक संघले बताएको छ । संघका अनुसार, दाना र अण्डा पार्ने प्यारेन्ट चल्लाको अभावका कारण अण्डाको मूल्य बढेको हो ।

संघले दाना बनाउने दानाको कच्चा पदार्थ मकै/भटमास र धानको भुसको मूल्य समेत बढ्दा अण्डाको भाउ बढ्न पुगेको बताएको छ । यी सबै वस्तुको भाउ बढ्दा यसको मूल्य घटाउन र सर्वसाधारणसँग प्रत्यक्ष जोडिने अण्डाको मूल्य नियन्त्रणमा राख्न सरकार चुकेको छ ।

यसैगरी, यही साउन अन्तिदेखि खानेतेलको मूल्यमा फेरी वृद्धि देखिएको छ । यसअगाडि प्रतिलिटर ३५ रुपैयाँसम्म घटेको थियो । देउवा सरकार आएपछि अण्डाजस्तै खानेतेलको मूल्यमा अनियन्त्रित वृद्धि देखियो ।

यसले सरकारले मूल्यवृद्धि प्रति चासो नदेखाएको र सर्वसाधारणको ढाड दिनदिनै सेकिनबाट रोक्न तत्परता नदेखाएको प्रष्ट हुन्छ । साउनको अन्तिदेखि बढ्न थालेको खानेतेलमा प्रतिलिटर ३० रुपैयाँसम्मै बढेको छ ।

खानेतेलको मूल्य बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगीलाई कार्यालयमै बोलाएर छलफल समेत गरेको थियो । तर, अन्तर्राष्ट्रिय बजारमै तेलको कच्चा पदार्थको मूल्य र ढुवानी लागत बढेका कारण खानेतेलको मूल्य बढेको भन्दै पन्छिन खोजेको विभागको उच्च स्रोतले बतायो ।

स्रोतले भन्यो, ‘हामीले बोलाएको छलफलमा १९ जना उद्योगी सहभागि हुनुहुन्थ्यो । उहाँहरूले मूल्य बढ्नुको कारण अन्तर्राष्ट्रिय बजारलाई देखाउनु भयो ।’ उद्योगीले तेलको मूल्य बढ्नुमा नेपाली उद्योगीको कुनै संलग्नता नरहेको प्रष्ट्याएका थिए ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको बताउँदै खुलमखुला आफूखुसी मूल्य तोक्दै आएको खानेतेल उद्योगीलाई नियन्त्रण गर्न सरकारले अहिलेसम्म कुनै पनि पहलकदमी निर्णय गरेको छैन । तत्काल यस विषयमा निर्णय गर्ने छाँटकाँट समेत देखाएको छैन ।

वृद्धिपछि खाने तेलको मूल्य

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार