होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • कांग्रेस संस्थापन इतर जिल्ला सभापतिहरुको भेला सुरु हुँदै
राजनीति

कांग्रेस संस्थापन इतर जिल्ला सभापतिहरुको भेला सुरु हुँदै

  • नागरिक रैबार
कांग्रेस संस्थापन इतर जिल्ला सभापतिहरुको भेला सुरु हुँदै

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला आज हुँदै छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६ मा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर अनौपचारिक छलफल गर्न लागेका हुन् ।

नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले क्रियाशील सदस्यता विवाद, पार्टीको १४ औं महाधिवेशन, सरकारको कामकारबाही र आगामी चुनावमा केन्दि्रत रहेर छलफल गरी आवश्यक रणनीति बनाइने बताए । उनले यो छलफल अनौपचारिक भएको पनि बताए ।

यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक-पटक छलफल गर्दै आएका थिए । ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि संयुक्त रुपमा छलफल गर्न बिभिन्न जिल्लाका कांग्रेस सभापतिहरु काठमाडौं आएका छन् । छलफल आज र भोलि दुई दिनसम्म चल्ने छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै