होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • सुदूरपश्चिमका अटेरी नर्सिङ कलेजः अस्पताल सञ्चालन नगर्ने, ‘भर्ना गर्न देऊ’ भन्ने
स्वास्थ्य-जीवनशैली

सुदूरपश्चिमका अटेरी नर्सिङ कलेजः अस्पताल सञ्चालन नगर्ने, ‘भर्ना गर्न देऊ’ भन्ने

  • नागरिक रैबार
सुदूरपश्चिमका अटेरी नर्सिङ कलेजः अस्पताल सञ्चालन नगर्ने, ‘भर्ना गर्न देऊ’ भन्ने

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को मापदण्ड अनुसार आफ्नै अस्पताल सञ्चालन गर्न सुदूरपश्चिमका नर्सिङ कलेजहरु अनिच्छुक देखिएका छन्। ऐनको प्रावधान अनुसार नर्सिङ अध्यापन गराउने कलेजले एक सय शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने हुन्छ।

सुदूरपश्चिम प्रदेशमा सात नर्सिङ कलेज छन्। सात कलेजले एक सय शय्याको दरले अस्पताल सञ्चालनमा ल्याए प्रदेशभर सात सय शय्या थपिने निश्चित छ। तर नर्सिङ पढाउने कलेजहरुले राष्ट्रिय चिकित्सा ऐन, २०७५ को दफा ४४ अनुसार अस्पताल सञ्चालनको कुनै सुरसार नै नगरेको महेन्द्रनगरको सेती महाकाली नर्सिङ कलेजका संस्थापक अध्यक्ष डाक्टर नेत्र चटौतले बताए।

२०७५ मा जारी भएको राष्ट्रिय चिकित्सा ऐन अनुसार नर्सिङ कलेजहरुले अस्पताल सञ्चालन गरेको भए यो वर्ष सबै कलेजहरुले डिप्लोमा तहको नर्सिङमा नयाँ भर्ना लिन अनुमति पाउने थिए। तर नर्सिङ कलेजहरुको मनसाय अस्पताल सञ्चालन नगर्ने भएको कारण अस्पताल सम्बन्धी कुनै पनि प्रक्रिया सुरु गरिएको छैन। दुई वर्षको समयसीमा कम भएकोले सरकारले फेरि पाँच वर्ष समय थप्नुपर्ने कलेज सञ्चालकहरुको माग छ।

विज्ञापन

कञ्चनपुरको सेती महाकाली नर्सिङ कलेज, धनगढीको शैलेश्वरी फारवेष्ट कलेज र फारवेष्ट टेक्निकल कलेज तथा टिकापुर नर्सिङ कलेजले आफ्नै अस्पताल बनाउने सुरसार नै नगरको बताइएको छ। तर नवजीवन नर्सिङ कलेज, पद्मा नर्सिङ कलेज र डोटीको सुजङ अस्पताल नर्सिङ कलेजले भने ५० शय्याको अस्पताल सञ्चालनमा ल्याएका छन्। चिकित्सा ऐनमा तोकिएको दुई वर्षभित्र अस्पताल सञ्चालन गर्न नसक्ने कलेजहरुलाई थप समय भने दिन नसकिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले जनाए।

‘राष्ट्रिय चिकित्सा ऐन, २०७५ ले कलेज सञ्चालनमा ल्याउन दुई वर्षको समय दिएको छ। कसैले भन्दैमा तीन वर्ष, पाँच वर्ष थप्ने कुरा त गर्न सकिँदैन नि’ उनले भने, ‘ऐनमा भएको व्यवस्था भन्दा बाहिर गएर निर्णय गर्न मिल्दैन।’
दुई वर्षसम्म अस्पताल सञ्चालन गर्न कुनै पनि प्रक्रिया सुरु नगरेका कलेजहरुले अस्पताल सञ्चालन गर्नुपर्ने समय बढाउन चलखेल सुरु गरेका छन्।

राजनीतिक दलका प्रभावशाली नेताहरुलाई प्रभावमा पारी नयाँ भर्नाका लागि बाटो खोल्ने उपाय खोज्न थालेको स्रोत बताउँछन्। स्रोतका अनुसार उनीहरु धमाधम नेताहरुलाई भेट्न काठमाडौं धाउन थालेका छन्। थोरै लगानीमा सञ्चालनमा आएका नर्सिङ कलेजहरुले अस्पतालमा लगानी गर्न आनाकानी गर्नुको रहस्य बुझ्न सकिएको छैन।दिनेश खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार