होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • प्रधानमन्त्री ओली धनगढीमा, स्वागतमा गएनन् सुदूरपश्चिम सरकारका मुख्यमन्त्री
प्रदेश ७

प्रधानमन्त्री ओली धनगढीमा, स्वागतमा गएनन् सुदूरपश्चिम सरकारका मुख्यमन्त्री

  • नागरिक रैबार
प्रधानमन्त्री ओली धनगढीमा, स्वागतमा गएनन् सुदूरपश्चिम सरकारका मुख्यमन्त्री

धनगढीः प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन्। नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न उनी धनगढी पुगेका हुन्। उनको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

तर प्रधानमन्त्री ओलीको स्वागतको लागि सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधिहरुको सभागिता थिएन। यसअघि देशका प्रधानमन्त्रीलाई स्वागत गर्न प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रतिनिधिहरुको सहभागिता हुन्थ्यो। तर हाल सहभागिता नदेखिएको हो।

प्रधानमन्त्री ओली आफैले प्रतिनिधि सभा विघटन गराएपछि पहिलो पटक धनगढी आएका हुन्। तर उनको प्रतिनिधि सभा विघटनको कदमबारे नेकपाको प्रचण्ड–माधव समूहले कडा विरोधमा छ। प्रचण्ड–माधव समूह अन्तरगतका सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीदेखि सांसदहरु प्रधानमन्त्रीको स्वागतमा सहभागी नभएका हुन्। निहित एक समूहको जनसभालाई सम्बोधन गर्न आएको भन्दै स्वागतमा सरिक नभएको बताइएको छ।

विज्ञापन

त्यस्तै, जनसभा आयोजक नेकपा ओली समूहले प्रदेश सरकारलाई कार्यक्रमबारे कुनै जानकारी नगराएको बताइएको छ।

समाचार स्रोतका अनुसार जनसभा आयोजकले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री मातहतका मुख्य सचिव र सचिवहरुलाई स्वागतको लागि पत्रचार गरिएको छ। तर मुख्यमन्त्री तथा मन्त्रीहरुलाई कुनै औपचारिक जानकारी नआएपछि प्रधानमन्त्रीलाई स्वागतमा नजाने बताइएको छ।

तर जनसभा आयोजक समितिको अतिथि सत्कार उपसमितिका संयोजक समेत रहेका सांसद नारदमुनि रानाले आफ्नै घरमा आउने पाहुनालाई स्वागत सत्कार गर्ने नेपालीको संस्कार रहेको बताए। आफ्नै घरमा आउने पाहुनालाई स्वागत गर्नलाई निमन्त्रणा कार्ड नै दिनुपर्ने नैतिक तथा संस्कारयुक्त कुरा नभएको उनको भनाइ छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार