होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डोटीमा भालुको आक्रमणमा परी दुईजना गम्भीर घाइते
समाचार

डोटीमा भालुको आक्रमणमा परी दुईजना गम्भीर घाइते

  • नागरिक रैबार
डोटीमा भालुको आक्रमणमा परी दुईजना गम्भीर घाइते

२४ पुस, डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ मा जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार भालुको आक्रमणमा परी गम्भीर घाइते हुनेमा ८४ वर्षीय रामबहादुर खड्का र निजकी पाँच वर्षीया नातिनी सरस्वती खड्का रहेका छन् ।

बिहीबार साँझ खेतबारीको काम सकेर घर फर्किँदै गर्दा घरनजिकै उनीहरुलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । भालुको आक्रमणबाट गम्भीर घाइते उनीहरुको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेकोे इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

 

विज्ञापन

भालुले घाइतेहरुको टाउको र गर्धनमा गहिरो चोट पुर्याएको अस्पतालका डा. ललित लिम्बुले जानकारी दिए । जिल्लामा खप्तड राष्ट्रिय निकुञ्जबाट गाउँमा आहाराका लागि आउने जङ्गली जनावरले बर्सेनि स्थानीयवासीलाई आक्रमण गरी घाइते बनाउने गरेको सायल गाउँपालिकाका स्थानीय तेजबहादुर डुम्रेलले जानकारी दिए । आक्रमण गर्ने भालु अहिले पनि गाउँमै भएका कारण यहाँका स्थानीयवासीले भालुलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार