होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रधानन्यायाधीश बिरामी, संवैधानिक इजलास स्थगित
देश/प्रदेश

प्रधानन्यायाधीश बिरामी, संवैधानिक इजलास स्थगित

  • नागरिक रैबार
प्रधानन्यायाधीश बिरामी, संवैधानिक इजलास स्थगित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिरामी भएका छन् । उनी बिरामी परेका कारण आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको छ । ‘सम्माननीयज्यू बिरामी पर्नुभयो, त्यसैले आज संवैधानिक इजलास बस्दैन’ अदालत स्रोतले  भन्यो ।

जबराले आफु अस्वस्थ भएको जानकारी अदालत प्रशासनलाई गराएका छन् । प्रतिनिधिसभा विघटन मुद्दामा अब बुधवार सुनुवाइ हुनेगरी निवेदकलाई तारेख दिइएको छ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको अनुपस्थितिसँगै सोमबार तीनवटा इजलासमा ५ जना न्यायाधीशको मात्रै बेञ्च तोकिएको छ ।

विज्ञापन

सर्वोच्च अदालतमा प्रधान न्यायाधीशसहित कुल २० न्यायाधीश छन् । उनीहरुमध्ये सोमबार बमकुमार श्रेष्ठ, सुष्मालता माथेमा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र कुमार चुडालदका मात्रै बेञ्चहरु तोकिएका छन् । बाँकी १४ न्यायाधीशको बेञ्च तोकिएको छैन ।

अदालत स्रोत भन्छ, ‘लकडाउनका कारण मुद्दाहरु नै कम छन् ।त्यसैले यस्तो भएको हो ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार