होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • निजी विद्यालय खुले, सरकारी बन्द
शिक्षा

निजी विद्यालय खुले, सरकारी बन्द

  • नागरिक रैबार
निजी विद्यालय खुले, सरकारी बन्द

धनगढी : बिहीबार जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको बैठकमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न पाउने निर्णय भयो। सोहीअनुसार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आदेश जारी गर्दै स्मार्ट लकडाउनको मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्न अनुमती दिए।

तर कैलालीका सरकारी विद्यालय भने सञ्चालन भएका छैनन्। धनगढीको त्रिभुवन माध्यामिक विद्यालयका प्रधानाध्यापक सीताराम अवस्थीले भौतिक उपस्थितीमा कक्षा सञ्चालन नगरेको बताए। उनले भने, ‘भौतिक उपस्थितिमा कक्षा सञ्चालन गरेका छैनाैँ। अनलाइन कक्षा भने सञ्चालनमा छ। उपमहानगरपालिकाबाट कुनै निर्देशन आएको छैन।’

कैलालीमा स्थानीय प्रशासनले सञ्चालनको अनुमति दिए पनि सरकारी विद्यालय खोल्न आनाकानी हुन थालेको हो। माध्यामिक शिक्षासम्मको अधिकार स्थानीय तहमा भएको र स्थानीय तहले निर्देशन नदिएको भन्दै अधिकांश सरकारी विद्यालय सञ्चालन भएका छैनन्।

विज्ञापन

स्थानीय प्रशासनको अनुमतिपछि पनि विद्यालय नखुल्दा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी भने अन्योलमा परेका छन्। ‘जिल्लाका निजी विद्यालय आइतबारदेखि सञ्चालनमा आएका छन्,’ एक विद्यार्थीले भने, ‘सरकारी विद्यालयका शिक्षकले घरमै बसेर तलव पाइरहेका छन्। त्यसैले विद्यालय खोल्न चाँसो नै दिएका छैनन्।’

विद्यार्थीको भौतिक उपस्थितिमाका कक्षा सञ्चालन गर्दा कुनकुन मापदण्डको पालना गर्ने सो बिषयमा अन्योलता देखिएको सरकारी विद्यालयको बाहना छ। सरकारी विद्यालयहरुले सबै विद्यार्थीले कोरोना भाइरस विरुद्धको खोप लगाउनुपर्ने मागसमेत गरेका छन्।

यता शिक्षा समन्वय इकाई कैलालीका अधिकृत प्रताप धामीले जिल्ला प्रशासनले स्थानीय तहलाई विद्यालय सञ्चालन गर्न भनेको बताए। लामो समयसम्म विद्यालय सञ्चालन नहुँदा विद्यार्थीको भविष्य अन्योलमा पर्न थालेको छ। अहिले आएर स्थानीय प्रशासनले विद्यालय खोल्न अनुमति दिएपछि पनि विद्यालय सञ्चालन नहुँदा विद्यार्थी झन अन्योलमा छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार