होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • २ वर्षीय छोरा बेचेको पैसाले गर्लफ्रेण्डसँग घुमघाम
विचित्र संसार

२ वर्षीय छोरा बेचेको पैसाले गर्लफ्रेण्डसँग घुमघाम

  • नागरिक रैबार
२ वर्षीय छोरा बेचेको पैसाले गर्लफ्रेण्डसँग घुमघाम

काठमाडौँ । केही मानिसहरु कतिसम्म निर्दयी हुन सक्दारहेछन् भन्ने कुरा चीनका एकजना पुरुषले उदाहरण पेश गरेका छन् ।

ती पुरुषले यस्तो कर्तुत गरेका छन् की पिता पुत्रको सम्बन्धलाई नै कलंकित बनाएका छन् ।

 

विज्ञापन

ती पुरुषले आफ्नो २ वर्षीय छोरालाई विक्री गरे र त्यसरी हात परेको पैसाले नयाँ गर्लफ्रेण्डलाई लिएर देश घुम्न निस्किए ।

पूर्वपत्नीसँगको सम्बन्ध विच्छेदपछि उनले छोराको पालनपोषण गर्दै आएका थिए । तर गर्लफ्रेण्डसँग घुम्नका लागि पैसा जुटाउन उनले त्यही छोरालाई बेचिदिए ।

चिनियाँ सञ्चार माध्यम झेझियांग लिगल डेलीका अनुसार ती पुरुषको पूरा नाम खुलाइएको छैन र उनको थर चाँहि शी बताइएको छ ।

ती पुरुषको पत्नीसँग झगडा भएसँगै सम्बन्धविच्छेद भएको थियो र दुईजना बच्चामध्ये छोरीको लालनपालनको जिम्मा आमाले र छोराको जिम्मा बाबु चाँहिले लिएका थिए ।

काममा व्यस्त भएको भन्दै ती पुरुषले आफ्नो छोरालाई हुजोउ सहरस्थित भाईको घरमा छाडेका थिए । गत महिना चाँहि उनी भाइको घरमा गएर छोरालाई लिएर घर फर्के । छोराकी आमाले छोरा हेर्न चाहेको भन्दै उनले भाइको घरबाट छोरा लिएर गएका थिए ।

तर उनले छोरालाई त्यहाँबाट लगेर चांग्सु सहरस्थित एक निसन्तान दम्पतीलाई बेचिदिए र त्यसबापत झण्डै २४ हजार डलर बराबरको रकम प्राप्त गरे । छोरा बेचेर हात परेको पैसाले उनले आफ्नी नयाँ गर्लफ्रेण्डलाई लिएर चीनको भ्रमणमा निस्किएको बताइएको छ ।

आमासँग भेट गराउन भन्दै लगेको छोरालाई धेरैदिनसम्म पनि शीले फर्काएर नल्याएपछि र फोन समेत नउठाएपछि शीका भाइलाई शंका लाग्यो र प्रहरीमा खबर गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार