होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • रैथाने मकै : स्वादिलो पनि, पौष्टिक पनि
स्वास्थ्य-जीवनशैली

रैथाने मकै : स्वादिलो पनि, पौष्टिक पनि

  • नागरिक रैबार
रैथाने मकै : स्वादिलो पनि, पौष्टिक पनि

मौसमी बालीको कुरा गर्ने हो भने यतिबेला मकैको समय हो । मकैले हाम्रो खाद्य भण्डारमा ठूलो योगदान दिएको छ ।
उत्पादनको हिसाबले निकै लाभदायक अन्न हो मकै । यसले ग्रामिण अर्थतन्त्रमा पनि ठूलो टेवा पु¥याइरहेको छ । त्यसो त मकै आफैमा स्वादिलो र पोषिलो अन्न पनि हो । यसलाई थरीथरी परिकार बनाएर खान सकिन्छ ।
पहाडी क्षेत्रमा मकैको च्याख्ला बनाएर भात खाने गर्छन् । रैथाने उत्पादन भएकाले यो स्वादिलो एवं रसिलो हुन्छ । अहिले शहरी क्षेत्रमा मकैको ढिंडो खाने प्रवृत्ति व्यापक छ । शहरियाहरु रेष्टुरेन्टमै धाएर ढिंडो खाने गर्छन् । मकैको च्याख्ला, पिठो आदिबाट अनेक परिकार बन्छ ।
त्यसो त भुटेको मकै पनि निकै स्वादिलो हुन्छ । भुटेको मकै र त्यसलाई पिसेर सातु बनाएर खान सकिन्छ ।
मकैलाई पोलेर, भुटेर, उसिनेर तथा पिँधेर खान सकिन्छ । दूधे मकैको दूध निकालेर खीर बनाएर पनि खाइन्छ । मकैको परिकारलाई फलाहारी मानिन्छ तसर्थ चोखो खाँदा वा उपवास बस्दा समेत यसको प्रयोग हुन्छ । मकैलाई नेपालीहरूले वर्षौंदेखि विभिन्न तरिकाले सेवन गरिरहेका छन् ।

मकैका फाइदा

आयुर्वेदले मकैलाई तृप्तिदायक, वातकारक, कफ–पित्तनाशक, मधुर एवं रुचि उत्पादक अन्नको श्रेणीमा राखेको छ । मकैको महत्वपूर्ण विशेषता के छ भने पकाएपछि यसको पौष्टिकतामा थप वृद्धि हुन्छ । पोलेको मकैमा पाइने क्यारोटिनाइड भिटामिन ए को राम्रो स्रोत मानिन्छ । मकैका परिकार पकाइसकेपछि त्यसमा हुने एन्टिअक्सिडेन्ट्स ५० प्रतिशतसम्म वृद्धि हुन्छ । यसले उमेर वृद्धिको लक्षण रोक्नुका साथै क्यान्सरसँग लड्नसमेत सहयोग गर्छ । पकाइएको मकैमा फोलिक एसिड हुन्छ जसले क्यान्सजस्ता रोगविरुद्ध लड्न सहयोग गर्छ ।

विज्ञापन

मकैमा पर्याप्त मात्रामा खनिज तथा भिटामिन पाइन्छ । मकैलाई कोलेस्ट्रोल फाइटर मानिन्छ, यसकारण यो मुटुरोगीका लागिसमेत राम्रो मानिन्छ । बालबालिकाको विकासका लागि मकै फाइदाजनक मानिन्छ । दूधे मकैका गेडालाई पिसेर सिसीमा भरी घाममा राख्ने । त्यसको दूधजति सुकेर उडेपछि तेल बाँकी रहन्छ जसलाई छोर एउा भाँडामा राख्ने । उक्त तेलले गोडा तथा पाइतालामा मालिस गर्दा गोडा बलियो हुन्छ र शिशु छिटै हिँड्न सुरु गर्छ ।

–ताजा मकैको गेडालाई पानीमा राम्रोसँग उमालेर त्यसलाई छानेर मिस्रीपानीमा मिसाएर पिउँदा पिसाब पोल्ने तथा मिर्गौलासम्बन्धी समस्या हटाउन सहयोग मिल्छ । मकै क्षयरोगीहरूका लागि फाइदाजनक मानिन्छ । टिबीका रोगी तथा टिबी रोग लाग्ने आशंका भएकाहरूले नियमित मकैको रोटी सेवन गर्दा उपचारमा सहयोग पुग्छ । मकैको जुँगा पत्थरीको समस्यामा उपयोगी हुन्छ । मकैको जुँगालाई रातभरि पानीमा भिजाई बिहान छानेर उक्त पानी पिउँदा वा त्यसलाई पानीमा उमालेर काढा बनाएर पिउँदा चमत्कारी फाइदा प्राप्त हुन्छ ।

मकैको पिठोबाट बनेका परिकार कलेजोका लागि पनि राम्रो मानिन्छ । यसमा पर्याप्त फाइबर हुने भएकाले पेट सफा रहन्छ । कब्जियत, पायल्स एवं पेटको क्यान्सर हुने सम्भावना समाप्त हुन्छ । मकैको पहेँलो गेडामा प्रशस्त मात्रामा म्याग्नेसियम, आइरन, कपर तथा फस्फोरस पाइन्छ जसले हड्डीलाई मजबुत बनाउन सहयोग गर्छ । रक्तअल्पता हटाउन पनि मकैले सहयोग गर्छ किनभने यसमा भिटामिन बी तथा फोलिक एसिड हुन्छ ।

छाला चिलाउने समस्यामा मकैको चिल्लोले राहत दिन्छ । साथै मकैको पिठो वा चिल्लोले अनुहर सफा गर्दा छाला मुलायम एवं सुन्दर बन्दछ । मकैमा भिटामिन सी, क्यारोटिनाइड एवं बायोप्mलेवनाइड पाइने भएकाले मुटु रोगीका लागि फाइदाजनक हुन्छ । यसले कोलेस्ट्रोल घटाउनुका साथै रक्तसञ्चार सुचारु बनाउन सहयोग पु¥याउँछ । फोलिक एसिडको राम्रो स्रोत भएकाले गर्भवतीहरूले मकैको परिकार नियमित सेवन गर्नु लाभदायक हुन्छ ।

मकै खाएपछि बाँकी रहने खोयालाई भाँचेर सुँघ्नाले रुघामा राहत मिल्छ । मकैको खोयालाई सुकाउने । सुकेपछि पोलेर खरानी बनाउने । यसको खरानी नियमित मनतातो पानीसँग खाँदा साससम्बन्धी रोगमा लाभ मिल्छ । खोकीमा पनि राहत मिल्छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार