होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बैतडीमा घट्ने अधिकांश घटनाको कारण मदिरा
स्वास्थ्य-जीवनशैली

बैतडीमा घट्ने अधिकांश घटनाको कारण मदिरा

  • नागरिक रैबार
बैतडीमा घट्ने अधिकांश घटनाको कारण मदिरा

बैतडी: बैतडीमा घट्ने अधिकांश घटनाको कारक तत्व मदिरा रहेको बताइएको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको संयुक्त आयोजनामा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सो कुरा बताइएको हो।

जिल्लामा हुने गरेका आपराधिक क्रियाकलापहरू मध्ये ९० प्रतिशत घटना मदिराका कारण हुने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूको गुनासालाई सम्बोधन गर्दै उनले समाजमा घट्ने हरेक घटनाहरूको न्यूनिकरणका लागि प्रहरी र नागरिकको सहकार्यको विकल्प नरहेको उल्लेख गरे।

विज्ञापन

 

कार्यक्रममा सहभागीहरूले युवापिढीहरूका लागि मनोपरामर्श कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, टोल–टोलमा हुने गरेका जुवातास र अवैध मदिरा विक्रिवितरण तथा सेवनलाई न्यूनिकरण गर्नुपर्ने सुझाव दिएका थिए। साथै सहभागीहरुले पाटन बजारमा कालोबजारीले समेत प्रश्रय पाइरहेको गुनासो गरे।

हाल जिल्ला प्रहरी कार्यालय बेतडीले जिल्लाका डेढ दर्जन बढी विद्यालयमा सचेतनामुलक कार्यक्रमहरू सम्पन्न गरिसकेको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारी जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै