होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • तीन दिन हल्का हिमपात र वर्षा हुन सक्ने
देश/प्रदेश

तीन दिन हल्का हिमपात र वर्षा हुन सक्ने

  • नागरिक रैबार
तीन दिन हल्का हिमपात र वर्षा हुन सक्ने

काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले यति बेला देशका पहाडी भू-भागमा बाहेक मौसम सामान्यतया सफा रहेको जनाएको छ । हाल पश्चिमी न्यूनचापीय रेखाको आंशिक प्रभावले पहाडी भू-भागमा आंशिक बदली रहेको विभागको भनाइ छ ।

मंगलबार प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ ।

यस्तै, तराईका भू-भागहरुमा हुस्सु्/कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्‍न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।

विज्ञापन

मंगलबार राति सदूरपश्चिम प्रदेश र अन्य देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, सुदूर पश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिन जारी गर्दै जानकारी दिएको हो ।

यस्तो छ महाशाखाको पूर्वानुमान

माघ २१ गते (बुधबार)

दिउँसो : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदलीका साथै अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ।

माघ २२ गते (बिहीबार)

दिउँसो : देशको सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी पहाडि भू-भागमा आंशिक बदली साथै अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ । सुदूर पश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको छ।

राति: देशको सुदूर पश्चिम,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका धेरै स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ र सुदूर पश्चिम प्रदेश ,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका एक दुई स्थानमा हल्कावर्षा हुने सम्भावना पनि रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार