होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सर्वोच्चको फैसलाले ओली पाहाझैं पछारिए : प्रचण्ड
समाचार

सर्वोच्चको फैसलाले ओली पाहाझैं पछारिए : प्रचण्ड

  • नागरिक रैबार
सर्वोच्चको फैसलाले ओली पाहाझैं पछारिए : प्रचण्ड

१७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले आफूहरुकै पक्षमा निर्णय गर्ने दाबी गरेका छन् ।

सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसलापछि ओली समूह पाहा पछारिए झैं पछारिएको बताए । तैपनि ओली समूहका नेताहरुले हामी झन् बलियो भयौं भन्न थालेको भन्दै उनले भने, ‘यो के अचम्म हो ? पाहा पछारिए झैं पछारिने, अनि जित्यौं रे ।’

 

विज्ञापन

सर्वोच्चको फैसलाले एउटा सेटिङ भत्काएको भन्दै उनले छिट्टै अर्को सेटिङ भत्किने दाबी गरे ।

केही दिनमै निर्वाचन आयोगले आफूहरुको पक्षमा निर्णय गर्ने भन्दै प्रचण्डले भने, ‘मैले त्यत्तिकै भनेको होइन, बुझेर भन्दैछु । केही समयभित्र निर्वाचन आयोगले आधिकारिक बहुमतकै हुन्छ, सूर्य हाम्रै हुन्छ भनेर फौसला गर्छ । त्यसमा शंका गर्नु पर्दैन ।’

यति हुँदा पनि ओलीले साम दाम दण्ड भेद सबै प्रयोग गरेर सत्ता लब्याउन खोजेको उनको आरोप छ । जबसम्म पुरै पराजित हुँदैनन्, तबसम्म प्रतिक्रियावादीहरुले गडबड गरिरहन्छन् भनेझैं ओली सम्पूर्ण रुपमा पतन नहुँदासम्म प्रतिक्रियावादी पात्रको रुपमा उभिने देखिएको प्रचण्डले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार