होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमका ३३ हजार बढिको कोरोना परीक्षण, तीन हजारको रिपोर्ट आउन बाँकी
देश/प्रदेश

सुदूरपश्चिमका ३३ हजार बढिको कोरोना परीक्षण, तीन हजारको रिपोर्ट आउन बाँकी

  • नागरिक रैबार
सुदूरपश्चिमका ३३ हजार बढिको कोरोना परीक्षण, तीन हजारको रिपोर्ट आउन बाँकी

धनगढी : सुदूरपश्चिमका झण्डै ३३ हजार बढिको कोरोना परीक्षण गरिएको छ। पीसीआर प्रविधि मार्फत देशभरीका विभिन्न प्रयोशागालामा सुदूरपश्चिमबाट स्वाब संकलन गरीएका ३३ हजार दुई सय ३५ जनाको कोरोना परीक्षण गरिएको हो।

कोरोना परीक्षण थालिएको झण्डै पाँच महिनाको अवधिमा देशभरका विभिन्न प्रयोशागाला मार्फत सुदूरपश्चिमबाट संकलित स्वाब परीक्षण गरिएको हो।

स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशाला मार्फत १६ हजार सात सय ४० जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोशागाला र काठमाडौँमा रहेका अन्य प्रयोशागालबाट १३ हजार सात सय २५ र डडेल्धुरा प्रयोशागाला मार्फत दुई हजार पाँच सय ८६ जनाको कोरोना परीक्षण गरिएको छ।

विज्ञापन

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार फागुन १ गते पहिलो पटक सुदूरपश्चिममा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा बिहिवारसम्म ३६ हजार दुई सय ४४ जनाको स्वाब संकलन गरिएको छ।

स्वाब संकलन गरिएका तीन हजार नौँ जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दुई हजार १८, धनगढी प्रयोगशालामा सात सय ५५ र डडेल्धुरा प्रयोगशालामा दुई सय ३६ स्वाबको कोरोना परीक्षण बाँकी रहेको छ।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म एक लाख २४ हजार चार सय २३ जनाको आरडिटी परीक्षण पनि गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार चार सय ११ पुगेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार